काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको विवाद सर्वाेच्चमा पुगेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दायर गरेको रिट मंंगलबार सर्वाेच्च अदालतले दर्ता गरेको छ। उक्त रिटउपर बिहीबार पेशी तोकिएको छ ।
गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ गतेदेखि १५ औं महाधिवेशनको मिति सार्वजनिक गरेको छ। सो महाधिवेशन रोक्न माग गरिएको छ।
यसअघि देउवा र खड्काको पुनरावेदन निवेदनमा सर्वाेच्चले पुन सुनुवाई गर्ने आदेश दिइसकेको छ। सो विषयमा फैसला नभएसम्म महाधिवेशन पनि रोक्द देउवा पक्षले माग गरेको छ।