धनगढी : जुनियर कर्मचारीलाई कृषि ज्ञान केन्द्र डडेल्धुरामा निमित्त प्रमुखको जिम्मेवारी दिएपछि सिनियर कर्मचारीले जुनियरको अण्डरमा काम गर्नु परेको छ।
सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर खेमराज पनेरुलाई निमित्त हाकिमको जिम्मेवारी दिएपछि सिनियर कर्मचारीले जुनियरको अण्डरमा काम गर्नु परिरहेको हो। पनेरु छैठौं तहका कर्मचारी हुन्। ज्ञान केन्द्र डडेल्धुरामा साताैं तह करारका ३ जना कर्मचारी छन्।
स्रोतका अनुसार राजनीतिक पावरमा छैठौं (जुनियर) लाई निमित्तको जिम्मेवारी दिइएपछि कार्यालयभित्रकै अन्य कर्मचारी पनि रुष्ट छन्।
सम्बन्धित समाचार :
डडेल्धुरा पठाएन मन्त्रालयले हाकिम, जुनियर निमित्त, सिनियर हेरेको हेर्यै
Facebook Comments Box