Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका-५ तिलकपुर बस्ने ४० वर्षीया पुष्पा ढकालको सोही नगरपालिका-१ स्थित रोडा खोलामा डुबेर शनिबार मृत्यु भएको हो। डुबेर अशक्त भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले काम नगर्ने ठेकेदारको म्याद थप नगरिने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसपालि म्याद थप गर्दा धेरै विचार गरिने बताएका हुन्। तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीको ठेक्काको म्याद थप नगर्नका लागि आफूले लबिङ गरिरहेको उनको भनइ छ। ‘निर्माण कम्पनीले लामो समयसम्म विभिन्न बाहना वा कारण देखाएर योजनाहरू सम्पन्न नगरेका धेरै उदाहरण छन्। यसपालि म्याद थप गर्दा चाहिँ विचार गरेर थप्छौँ,’ मन्त्री देउवाले भने, ‘आफ्नो ऐन, नियम र कार्यविधि राम्रो बनाएर यसपटक काम गर्ने कम्पनीको ठेक्काको म्याद थप्नु हुन्न भन्ने पक्षमा छु र…

Read More

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिईन्। सुत्केरी भएपछि सविना अस्पतालबाट डिस्चार्ज भइसकेको र एक नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले जनाएको छ। शल्यक्रियामार्फत मेडिसिटी अस्पतालमा सविनाले बच्चा जन्माएकी हुन्। सविनाको पेटमा जुम्ल्याहा छोरी थिए। तर, उनीहरुमध्ये एक शिशुलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ। नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बुझिएको छ। हिजो अस्पतालबाट फर्किने क्रममा सविना सवार महानगपालिकाको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो। प्रहरीले बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन आवश्यक अनुमतिपत्र मागेका थिए। तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको र बालेनकी पत्नी सवार रहेको भनेपछि छोडिदिएको…

Read More

नयाँ दिल्ली: भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ। समाचार संस्था पीटीआईका अनुसार शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको हो। खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो। यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एक-एक जनाको मृत्यु भएको छ।

Read More

दार्चुला: डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिर डेंगु संक्रमणबाट मृत्यु भएको हो।  भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।   चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्। दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिए । 

Read More

कैलाली: हिजो(शनिबार) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)को एक स्टाटसले सबैको ध्यान तानेको थियो। सिंहदरबारमा नै आगो लगाइदिने भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि अहिले उनको आलोचना भइरहेको छ। उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार’ लेखेका थिए। उक्त गाडीमा बालेन्द्रकै पत्नी सविना काफ्ले सवार थिइन्। त्यसै कारण बालेन्द्रले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएको पुष्टि हुन्छ। सार्वजनिक बिदाको दिन पासबिनाको गाडी चलेको पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएपछि बालेन्द्रले चित्त दुखाएर दिएको त्यो अभिव्यक्तिले अहिले उनैलाई ‘ब्याक फायर’ गरिरहेको छ। तर, भिक्टर पौडेल…

Read More

बाजुरा: बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बढीमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिवार राति एक बालिकाको मृत्यु भएको हो। स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो। चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेका छन्।

Read More

काठमाडौं: रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। सीमा नाकाको मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र रसुवा भन्सार कार्यालयको टोलीले चेकजाँच गर्दा चार वटा टुक्रा पारेर ल्याएको एक किलो सुन बरामद भएको हो।

Read More

टीकापुर: कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् ।  लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै  खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने, “एक बिघा जमिनमा मात्रै छ हजार बढीको विषादी छर्नुपर्छ । चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ । नछरे बाली जोगाउन मुस्किल छ ।” त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ फागुनमा विवाह भएको थियो ।

Read More