Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि साढे ८ घन्टासम्म बिजुली नआउने भएको छ । टेकु तथा के–थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकारणले सूचनामार्फत जानकारी दिएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन एक सय ३२ केभीमा चार्ज गर्नेगरी काम गरिहेको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Read More

बझाङ: बझाङमा जंगली च्याउ खाएका एक किशोरको पनि मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी लैजाँदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् । ७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको थियो भने सुदीपको पनि हिजो राति नै मृत्यु भएको छ । आमाको अवस्था…

Read More

काठमाडौँ: महानगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । महानगरका अनुसार आज सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि सार्वजनिक बिदा दिइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाइरहेका छन् ।

Read More

काठमाडौँ: भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । रासस

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका बाँकी भू-भागको एक/दुई स्थानमा…

Read More

काठमाडौँ: नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो । यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । “पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले पार्टीको सचिवालय बैठक…

Read More

धनगढी: धनगढीमा एक मोटरसाइकल पल्टिँदा दुर्घटना भएको छ। आज (बिहीबार) ९ बजेको समयमा धनगढी उप-महानगरपालिका-२ महालक्ष्मी विकास बैङ्क नजिकै दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने वर्ष २५ का (चालक) निसान्त रानाले चलाएको  सुपप्र ०१०१० प ६०२५ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको हो। मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ तल, ओठ र टाउकोमा चोट लागेको छ भने उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। यस्तै मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा मिलाप बप्तिस चर्चको नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो। भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले भने, ‘सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई छ। त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरपालिकाबाट पाउने सेवा सुबिधा दिने छ।’

Read More

बझाङः बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका थिए। गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि…

Read More

धनगढीः कैलालीमा बिहीबार दुई मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। डोटीबाट अत्तरियातर्फ आउँदै गरेको मोटरसाइकल र अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका हुन्। घाइते हुनेमा सुपप्र ०१ ००८ प ७२९० नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय भुवन विक, सुपप्र ०९ प १४४८ नम्बरको मोटरसाइकलका चालक डोटीको सायल गाउँपालिमा–९ का २५ वर्षीय चक्र कटुवाल र पछाडी सवार दिपक ऐर रहेका छन्। घाइते तिनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेकोे छ।

Read More