Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहका सैनिक सचिव ऋषिकुमार पाण्डेको निधन भएको छ । उपचारको क्रममा उनको वीरेन्द्र सैनिक अस्पतालमा आज निधन भएको बताइएको छ । उनी २०४६ सालताका राजदरबारमा सैनिक सचिवको रुपमा कार्यरत थिए । उनै पाण्डेले राजदरबार हत्याकाण्डपछि राजदरबार (रहस्य, षड्यन्त्र र चक्रव्यूह) पुस्तक प्रकाशित गरेका थिए ।

Read More

काठमाडौँ : सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।

Read More

सिन्धुली : जिल्लामा प्रहरीले २० केजी चाँदीसहित दुई जनालाई मङ्गलबार पक्राउ गरेको छ । बीपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको नीजि कार चेक गर्ने क्रममा अवैद्य चाँदी भेटिएपछि खनियाखर्क प्रहरी चौकीले नियन्त्रणमा दिएको थियो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकाअनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको नीजि कारबाट चाँदी बरामद गरिएको हो । अवैद्य चाँदी कारोबार कार्यमा संलग्न भएको अभियोगमा कारचालक यादव र सोही गाडीमा सबार सप्तरीको राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ मा बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरसहित कारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कार चालक…

Read More

धनगढी: कैलालीको त्रिनगर नाकाबाट बरामद गरिएको सुर्ती र ग्रिनटीको प्याकेट भन्सार कार्यालयलाई नबुझाइएको पाइएको छ। गत साता बुधबार बेलुका साढे ३ बजेको समयमा त्रिनगर नाकाको पहिलो ब्यारेलबाट बरामद भएका सामान भन्सार कार्यालयमा पाइएका छैनन्। भारतकोे बनगाँउबाट नेपाल ल्याउँदै गरेको अवस्थामा डोकेबजार बस्ने सुवोध रानाबाट ३ प्याकेट ग्रिनटी र ४ प्याकेट सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको थियो। रानाका अनुसार उनले आफ्नै लागि ३ प्याकेट ग्रिनटी ल्याएका थिए। र घरमा बुवाको लागि सुर्ती पनि ल्याएको उनले बताए। सशस्त्र प्रहरी जवान सम्झना तामाङले आफ्नो सामान बरामद गरेको बताइएको छ। यता कैलाली भन्सार कार्यालयमा बुधबारदेखि हालसम्म बिओपी त्रिनगरबाट ग्रिनटी र सुर्तीजन्य पदार्थ नआएको…

Read More

काठमाडौं: नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छन् । उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्। उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्। टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि…

Read More

काठमाडौँ : ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाउन लागिएको सीआईबीका एक जना अधिकृतले बताए । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेका हुन् । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

Read More

काठमाडौँ: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सुवालले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्। त्यसैगरी उनले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौँ महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। सांसद सुवालले भने, ‘डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिएर अर्बौँ रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ ।…

Read More

काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् । बुधबारबाट नेपालमा ऊर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ । यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य-सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौँ आएका हुन् । यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनले भने, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।” सो ज्ञापन पत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान…

Read More

महेन्द्रनगर: महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भीमदत्त नगरपालिकाका थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदारलाई छुट दिई सरकारको राजस्वमा हानी पुर्याएको आरोपमा मुद्दा खेपीरहेका सहित थप दुई कर्मचारी माथि पनि अख्तियारले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष ०७६/०७७ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनलाई लाभ पुग्ने गरि न्यूनतम कबोल अंक घटाएर आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो । यसरी कबोल अंकमा छुट दिँदा नगरपालिकाको १ करोड ३४…

Read More