Author: महेन्द्रनगर पोष्ट

बाजुराः बाजुरामा आइतवार (आज) एक बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्। उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : पैसा नदिएका कारण ८३ वर्षी हजुरआमाको विभत्स हत्या गर्ने मालिकार्जुन गाउँपालिका–७ का २१ वर्षीय दीपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बम पक्राउ परेका छन् । भदौ ८ गते दार्चुलाको जोलजिवी हुँदै भारत जाने योजना बनाएका दीपक र आशीषसँग गाडी भाडा समेत नभएपछि उनीहरु फर्किए । ‘मेरो आमा (हजुरआमा) सँग पैसा मागौला । उनीसँग पैसा लिएर भारत जाउला’ चन्दले सँगै रहेका आशीष र अर्का एक जनालाई सुनाए । दीपक र आशीष पैसा माग्न भन्दै मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया भागरथी चन्दको घरमा पुग्छन् । ८३ वर्षीया भागरथी चन्दको दीपक चन्दको हजुर आमा हुन् । उनी…

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएपछि महानिर्देशक अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको हो। अधिवक्ता गणेशबहादुर ओलीले आइतबार प्राधिकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँच बुँदे निर्णय गरेको थियो। अधिवक्ता ओलीले हचुवाको भरमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका(६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्। ‘उडान अनुमति नदिने गरी गरेको निर्णयका कारण…

Read More

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ। कैलालीको भजनी नगरपालिका–५ कर्मदेवघाटबाट भन्सार छलिका अन्दाजी २५ हजार मुल्य बराबरका माछा, धनगढी उप–महानगरपालिका–२ बाट भन्सार छलिका अन्दाजी ९ हजार मुल्य बराबरका लेडिज सुट आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बा पछाडीबाट भन्सार छलिका अन्दाजी ७५ हजार मुल्य बराबरका भाईरल साडी, लेडिज सुट, धोती लगायतका सामान आज बिहान प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू गाँजाखेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी छ । सरकारले चालुआर्थिक वर्षको बजेटमा गाँजाखेतीबारे अध्ययन गर्ने उल्लेख गरेको छ । उक्त नीति कार्यान्वयनको अवस्था कस्तो छ भनेर अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढ्ने समिति सभापति डा. आरजु राणा देउवाले प्रस्ताव गरेकी छन् । ‘गाँजाखेतीको विषयमा बजेटमा पस्यो । त्यसलाई अगाडि बढाउने विषयमा के भइराखेको छ अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढौँ’, आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति डा. देउवाले प्रस्ताव गरिन् । उनी भन्दा पहिले बोल्ने सांसदहरुले गाँजाखेतीको सम्बन्धमा नीतिगत व्यवस्था…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए…

Read More

धनगढीः कैलालीको अत्तरियामा भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका मनहेरा स्थित पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो। उक्त दुर्घनामा परेर मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ। दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्दा एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मिनभवन घर भएका सजिलमान शाक्य पौडी खेल्दै गरेको अवस्थामा घाइते भएका हुन् । सजिलामानको अहिले नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुवा पुष्करमान शाक्यका अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ । पीडित परिवारले स्वीमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका दाबी गरेका छन् । होटलका प्रतिनिधिहरूले प्रहरीसँग स्वीमिङ पुलमा करेन्ट नफैलिएको दाबी गरेका छन् । पीडित परिवारले त्यसबारे अनलाइन मार्फत प्रहरी प्रधान कार्यालयमा अनुसन्धानका लागी निवेदन दिएका छन् । ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले…

Read More

काठमाडौँ : काठमाडौँका मेयर बालेन्द्र साहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शाहले विज्ञप्तिमा जनाएअनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो । भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ तारेखदेखि पक्राउ गरी थुनामा राखेको थियो । भिसा नियमित नगरी आठ सय २३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले रु सात लाख ८१ हजार तीन सय ८९ दशमलव १२ भिसा र विलम्ब शुल्क रु. ५० हजार जरिवाना गर्ने…

Read More