Author: महेन्द्रनगर पोष्ट

पाल्पाः पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो। पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए। घाइतेलाई पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

Read More

धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नआउने भएपछि समाजवादी मोर्चा नेपालकाे  सन्देश सभा स्थगित भएकाे छ। धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएकाे हाे। माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शिर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए । सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज…

Read More

धनगढी: समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभा गर्दै छ। सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन्। सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए। मोर्चाले सातै प्रदेशमा सन्देश सभा गरिरहेका छन्।

Read More

धनगढी: कैलाली प्रहरीले लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–६ नारायणपुरबाट १६० मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय गोपी बिश्वकर्मा रहेका छन्। गोपी र सुरजलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। दुवै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको टोलीले बेलौरी नगरपालिका–१० का दिलबहादुर चौधरीलाई उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा १ महिना १६ दिन कैद सजाय भई फरार रहेका चौधरीलाई मंगलबार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

बाजुरा: बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा.के. एन पौडेलले जानकारी दिए। धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् ।

Read More

डोटी : डोटीमा डिउटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका- १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। दिपायल विमानस्थलमा डिउटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएकोमा मृत्युु भएको हो। विगत लामो समय देखि डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मङ्गलवार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छलफल हुने हुँदा सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष रहेका क्यामरुन अलफोर्ड काठमाडौँ आइपुगेका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउदबीच भेट भएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग ३० भदौमा अमेरिका जाने र उक्त कार्यक्रममा सहभागी भएर ५–७ असोजसम्म…

Read More

कञ्चनपुर : कञ्चनपुरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर आन्दोलित भएका शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मंगलबार अपराह्न आन्दोलनरत पक्ष र प्रशासनबिच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कञ्चनपुरले जनाएको छ । बुधबारदेखि सबै विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन हुने बताइएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साता अघि कुटपिट भएको घटनालाई लिएर शिक्षक संघसंगठनहरूले आइतबार भीमदत्तका सबै शिक्षण संस्था बन्द र सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालीन पठनपाठन बन्द गरेका थिए । विद्यालयका कर्मचारीरशिक्षक वीरेन्द्र जोशीलाई कुटपिट गरेको भनी…

Read More