धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से ५ प ३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
दुर्घटनामा चालक भजनी नगरपालिका-३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन्। उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको छ।
Facebook Comments Box