Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, “यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।” पाटन–धनगढी…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कन्चनपुरका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायसहित…

Read More

भैरहवा: नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको जानकारी दिए । आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौंँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ…

Read More

कञ्चनपुरः कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको पुर्नवास नगरपालिकापछि बेल्डाँडीमा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको हो। ब्ल्याङ्केट एप्रोजअन्तर्गत कम्तिमा ३ जना मूल बिरामीहरूलाई समेट्ने गरी कम्तिमा ३ सय मिटरको सेरोफेरोमा रहेका समुदायका व्यक्तिहरूलाई जाँच गरेर औषधी खुवाउने गरिएको छ। बेल्डाँडी गाँउपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० को प्राविधिक सहयोगमा अभियान सुरू भएको हो। गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले शरीरको स्क्रिनिङ्गपछि एक खुराक रिफाम्पिसिन खाएर अभियानको शुभारम्भ गरिन्। उनले बेल्डाँडीमा नयाँ केसहरू पत्ता लाग्ने क्रम जारी रहेकोले कुष्ठरोग रोकथाम घरदैलो अभियान…

Read More

दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । मंगलबार बिहान घाँस काटेर घर फर्कँदै गर्दा भिरबाट खसेको ढुंगा लागेर जिल्लाको नौगाड गाउँपालिका–५ भिडकी ३५ वर्षीया पुतली धामी गम्भीर घाइते भएकी हुन् । स्थानीय श्याम धामीका अनुसार उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

Read More

बाजुरा: बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मङ्गलबार बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी र कालिकोटको कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अक्सिजन अभावका कारण बडीमालिकाको त्रिवेणी धाममा लडेर घाइते भएका दुबै जनालाई नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । त्यस्तै, धामी भने जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर फर्किसकेकी बताइएको छ ।  तस्बिर : सङ्गीता तिमिल्सेना

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन्। आज मंगलबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा।’ उनले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन्। आफ्नो पराइ भनेर विभेद नगरेको र भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने उनको भनाइ छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत फेला परेका हुन् । मन्दिरको धुनिघरको पछाडीपट्टीको धारामा सोमबार उनको शव फेला परेको बताइएको छ ।

Read More

मान्म: धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् । हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उनले भने “बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडीमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने…

Read More

भजनी: रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३० लाख ८१ हजार अर्थात् ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५०…

Read More