Author: महेन्द्रनगर पोष्ट

बाजुरा : बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ । लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पत्ति र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उनीहरुको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी…

Read More

जानकी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको बताए । आज भेरी अस्पताल अवलोकनका क्रममा उनले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताएका हुन् । मन्त्री बस्नेतले भने,“मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । अझैंँ व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार छ ।” अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गरे । उनले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पङ्क्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरु हुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाए ।…

Read More

विन्दु चन्द, बैतडी: वर्षैभरि विभिन्न चाडपर्व आउँछन् । सबैको घरमा हर्षोल्लास छाइरहन्छ । दाजुभाइ–दिदीबहिनीमा मायाप्रेम प्रगाढ हुन्छ । तर मलाई कुनै पनि चाडले छुन्न किन होला ? त्यो मलाई नै थाहा छैन । मलाई यी कुरा कसरी राख्ने अर्थात कसरी भन्ने ? कुनै शब्द पनि छैनन् । आज रक्षा बन्धन यसलाई म यसरी व्याख्या गर्छु । पर्व एउटै भएपनि फरक गाउँ, समाज अथवा टोल समुदायमा फरक किसिमले मनाइन्छ । हरेक समुदायमा फरक–फरक परम्परा तथा चलनहरु हुन्छन् । यस्तै हाम्रो समुदायमा पनि फरक किसिमले रक्षा बन्धन मनाइन्छ । अहिले गाउँघरमा कसरी रक्षा बन्धन मनाउँछन् म अनभिज्ञ नै छुँ । किनभने नयाँ…

Read More

एजेन्सी: दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा केही अग्नि नियन्त्रक पनि रहेका छन् । कैयौँ व्यक्ति अझै भवनभित्र फसेको आशङ्कामा खोजी भइरहेको छ । जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् । केही समय अघिसम्म सहरको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रमा रहेको भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा…

Read More

पर्वत: जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने । उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात…

Read More

कैलाली: कैलालीमा झण्डै ५ लाख स्रोत नखुलेको भारतीय रुपैयाँ र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिहीवार दिउँसो १ बजेको समयमा जिल्लाको गोदावरी नगरपालिका-१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा पक्राउ परेका हुन् । उनको शरीर र घरभित्र ग्यालरीको भित्तामा रहेको प्वालमा सुर्तीको कभरमा लुकाइ छिपाइ राखेको २ ग्राम १९० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । त्यस्तै, उनको घरमै स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)भित्र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँ समेत फेला पारी बरामद गरिएको बताइएको छ । तिरुवालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

विन्दु चन्द, बैतडी: मंगलबार साँझ सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी ५५ वर्षीया पार्वती घटालको मृत्यु भयो । साँझ ७ बजेको समयमा उनलाई आफ्नै घरमा सर्पले टोकेको थियो । उनको राति एक बजेको समयमा मृत्यु भएको हो । सर्पले टोकेपछि धामीझाँक्री बोलाएर उनलाई झरफुक गरिएको थियो । केही आराम जस्तो भए पनि राति उनको मृत्यु भयो । अस्पताल टाढाबैतडी जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र छ । तर उपचारकेन्द्र नपुग्दै सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको छ ।मृतक घटालको घरबाट सदरमुकामस्थित गोठालापानीमा रहेको सर्पदंश उपचार केन्द्र जान एक दिन नै लाग्छ । सडकमा पुग्न ३/४ घण्टा पैदल हिँड्नु पर्छ । सडक…

Read More

काठमाडौँ: चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर शाहको भनाइ छ । चीनको निमन्त्रणामा बिहीवारबाट हुने भनिएको आफ्नो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका छन् । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा निकालेको…

Read More

डडेल्धुरा: डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार आलिताल गाउँपालिका-३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी हुन् । एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बताए । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

Read More