धनगढी: नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो।
सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।
सरकारले चिकित्सकलाई सुरक्षा दिनुपर्ने उनीहरूको माग छ।
Facebook Comments Box