Author: महेन्द्रनगर पोष्ट

बझाङ: नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ क्षेत्र नं. २ का इन्चार्ज ऐन महरलाई डेंगु संक्रमण देखिएको छ । चैनपुरस्थित जयपृथ्वी अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि आज काठमाडौँ लगिँदै छ । प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा सहभागी हुन गत ७ गते बझाङ आएका महर शुक्रबार पानकोटस्थित एमाले जिल्ला कमिटी बझाङको पूर्ण बैठकमा सहभागी भएका थिए ।

Read More

बाजुरा: धार्मिक तथा पर्यटकीय बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाको उपचार भएको छ । ४ हजार २१२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा ५४५ पुरुष र ३२१ महिला गरी ८६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरिएको हो । बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र…

Read More

काठमाडौँ: सरकारले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । संविधानले निर्दिष्ट गरेको सामाजिक सुरक्षाको हक कार्यान्वयनका क्रममा सरकारले अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि लक्षित गर्दै सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको हो । सामाजिक सुरक्षा कोषले गत साउन ३१ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन थालेको छ । औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्ति यसअघि नै सामाजिक सुरक्षाको दायरामा आइसकेका छन् । नेपालमा क्रियाशील ट्रेड युनियनले लामो समयदेखि अनौपचारिक…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । उनी प्लेअर अफ म्याच पनि बनिन् ।

Read More

एजेन्सी: भारतले सूर्यको अध्ययन गर्न आज अन्तरिक्ष यान पठाएको छ । बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल–१ यान अन्तरिक्षमा पठाइएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले आज सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाएको हो । अन्तरिक्षमा पठाएको यान सूर्यमा पुग्ने नभइ पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ र यसको लागि १ सय २५ दिन लाग्नेछ । दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा लागुऔषध दुरुपयोगको समस्या दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएपछि प्रदेश प्रहरी कार्यालले स्कुल/कलेज केन्द्रित महाअभियान थालेको छ । प्रहरीले धनगढीका स्कुल तथा कलेजहरुमै पुगेर लागुऔषधका नकारात्मक असर र समाजमा फैलिएको विकृतिबारे छात्र–छात्राहरुलाई ज्ञान प्रदान गरी सचेत गराइरहेको छ । लागुऔषधबाट सबैभन्दा बढी युवा र त्यसपछि किशोर/किशोरीहरु प्रभावित बन्न पुगेपछि यसको नियन्त्रणका लागि प्रदेश प्रहरीले विद्यालय र कलेज केन्द्रित “लागुऔषधविरुद्वको महाअभियान, २०८०” नै सुरु गरेको हो । अभियान अन्तर्गत आज धनगढी उपमहानगरपालिका–३ त्रिभुवनचोकस्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना छात्र/छात्रालाई लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिइएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक…

Read More

एजेन्सी: सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका बीबीसीले जनाएको छ । उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् । उनले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता पद प्राप्त गरिसकेका छन् ।

Read More

दाङ: तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर…

Read More

धनगढीः कैलालीको अत्तरियामा क्रिकेट प्रतियोगिता हुने भएको छ । अत्तरिया क्रिकेट क्लवको आयोजनामा लोटस आई क्रिकेट कप प्रतियोगिता हुने भएको हो । क्लवका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज १७ गतेदेखि २६ गतेसम्म आयोजना हुने बताए । प्रतियोगितामा सुदूरपश्चिमका आठ विद्यालयको सहभागिता रहनेछ भने कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफी र मेडल र दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउनेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ । प्रतियोगिताको कुल खर्च १२ लाख रहने क्लवका अध्यक्ष गौतमले…

Read More

धनगढीः धनगढीमा अटोबाट झर्दै गरेका चालकको लडेर मृत्यु  भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ५० वर्षीय गंगाबहादुर केसीको अटोबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी शुक्रवार धनगढी–५ नेपाल राष्ट्र बैँक नजिक आफैले चलाएको से१ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More