Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा अटो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। आज (शनिबार) बेलुका धनगढी उपमहानगरपालिका-५ स्थित रंगशाला नजिकैको बाल्मिकी स्कुलको अगाडि दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्।शिवनगरबाट राष्ट्र बैंकतर्फ आउदै गरेको चालक ४२ वर्षीय मुकेश चौधरीले चलाएको से १ ह ४७५ नम्बरको अटो र विपरीत दिशातर्फ जादै गरेको गोदावरी नगरपालिका ५ गेटा बस्ने ३८ वर्षीय हर्क बोहराले चलाएको सु.प.प्र. ०१-००८ प १५७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा परेर मोटरसाइकल चालकको खुट्टा र हातमा चोट लागेको छ भने पछाडी सवार फुलमाया चौधरीको टाउको, हात र खुट्टामा चोट छ। अटोमा २ जना सवार…

Read More

काठमाडौँ : सुदूरपश्चिमका गाउँ-बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् । गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरुले…

Read More

धनगढी: धनगढीमा गौहत्याको विरोधमा प्रदर्शन गरिएको छ। गौ माताको रक्षा गरौ भन्ने मुल नाराका साथ विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले विरोध गरेको बताएको छ। विरोध कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगेश जोशीले गौहत्या गर्नु पाप रहेको र त्यस्ता व्यक्तिहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन्। नेपालमा गाई गोरू हत्याको हत्या गर्नेलाई कार्वाही नगरे आन्दोलनले उग्ररुप लिने विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले जनाएको छ। शनिबार विभिन्न हिन्दुवादी धार्मिक संगठन र अभियन्ताहरूले सुनसरीको धरानमा प्रदर्शन गरेका थिए । मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रूपमा गोरु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले देशका विभिन्न ठाउँमा गरेका छन् ।

Read More

धनगढी : कैलालीको टिकापुरबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–१ खडक चोक स्थित टीकापुर लम्की सडक खण्डबाट लागुऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वारलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ६ ग्राम ६७० मिलिग्राम लागुऔषध फेला पारेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ। बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवगमन खुला गरिएको हो। शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको थियो। पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको अवागमनमा रोक लागइने गरिएको छ।

Read More

काठमाडौँ: प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्। “प्रतिनिधि सभा अन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ”, प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ। प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन…

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक रातारात छाडेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट वाणीको टोलीले अवैध सामानसहित नियन्त्रणमा लिएको ट्रक छाडिएको हो। आरआइटीले सुपप्र ०१००१ ख २६२४नम्बरको ट्रक र चालक गणेशसिंह कार्कीलाई नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयले शनिबार बिहान इमेलमार्फत सञ्चारमाध्यममा पठाएको बुलेटिनमा समेत चालक र ट्रकसहित एक लाख ८४ हजार ९ सय रुपैयाँको चिनी, सलाई लगायतका सामान बरामद गरिएको उल्लेख छ। सोही कुरालाई आधार मानेर सञ्चार माध्यममा अवैध सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए। तर, आरआइटीले अवैध सामान बरामद गरेर जिम्मा लगाएको ट्रक र चालकलाई…

Read More

भैरहवा : शस्त्र प्रहरी बल नेपाल, (प्रस्तावित सीमा सुरक्षा गुल्म) डण्डा, रुपन्देहीले गुल्म भएपछि ४ करोड १ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ। सिमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भैरहवा भन्सार कार्यालय तथा लुम्बिनी छोटी भन्सार कार्यालयलाई सपोर्ट गर्न डण्डा गुल्म तथा अन्तर्गतका पाँच वटा विओपि परिचालित छन्। चैत्र देखिदेखि श्रावण महिनाको दौरान यस युनिटअन्तर्गत चार करोड एक लाख पच्चिस हजार नौ सय चौध रुपैयाँ बराबरका अवैध मालवस्तु बरामद गरेको हो। शस्त्र प्रहरीका आईजीपी…

Read More

सिङ्गापुर : सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो । सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र…

Read More

काठमाडौं : क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्। माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्। उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ। अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जनायो । जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्। क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।

Read More