Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् । १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई…

Read More

काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरे । रिजवान ४४ रनमा आउट भए ।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए । महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ । उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।

Read More

काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् । विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ । कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न…

Read More

धनगढीः कैलालीको धनगढीस्थित एसपीए कलेजमा अध्ययनरत एक युवक मृत फेला परेका छन्। बिबिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवक उत्तम वली मृत फेला परेका हुन्। आज (बुधबार) गोदावरी नगरपालिका–७ जमुनानगर घर भएका वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी आफ्नै सुत्ने कोठामा वली मृत अवस्थामा मृत फेला परेका थिए। अहिले उनको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्फा चुनारा नौगाड खोलामा हाम फालेर बेपत्ता भएकी छन् । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीया अन्फाले मंगलवार राति साढे ११ बजेतिर खोलामा हाम फालेकी हुन् । उनी मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका २९ वर्षीय निराजन विष्ट पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका–२ तेघरी भाडामा बस्दै आएका उनी बुधवार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बाजुरा: बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । यस्तै, अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ । मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल…

Read More

बैतडी: बैतडीमा सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छिन् । उनलाई मंगलबार राति भान्सामा खाना बनाइरहेका बेला सर्पले टोकेको थियो । उनको राति १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । घटाललाई झारफुक गर्न वैद्य बोलाइएकोमा झारफुक गर्दागर्दै उनको मृत्यु भएको सार्कीले बताए । जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा अकालमै ज्यान जाने गरेको छ ।

Read More