Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुई वटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयका अन्तरगत नयाँ शहर आयोजना लगायतका निकायको आर्थिक वर्ष २०८०-०८२ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबारकै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत निकायका लागि र चिकित्सा…

Read More

धनगढी: थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेर अदालतले जन्म कैदको फैसला सुनाएर राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउँदको सालिकको अनावरण गरेका हुन् । ८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउँद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित ८ जनाको विभत्स हत्या गरिएको थियो । उक्त घटनाको ८ वर्ष पुगेको तथा मृतक साउँदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त…

Read More

काठमाडौंः नेपाल प्रहरीका सहायक हवल्दार (महिला)लाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको छ। आफ्नै कार्यलयमा कार्यरत महिला हवल्दारमाथि यौन हिंसा गरेको आरोप लागेका माथिमाथि थप कारबाहीका लाथि छानबिन तथा अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली खटाएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा एक महिला डीएसपीसहितको टोली केही दिनअघि मात्रै सूदरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालय पठाइएको छ। उक्त टोलीले पीडित भनिएकी महिला प्रहरीसँग घटनाबारे सोधपुछ गर्नुका साथै उक्त कार्यालयका अन्य व्यक्तिसँग समेत सोधपुछ गरेको छ। उक्त समितिले छानबिन प्रतिवेदन दिएपछि सोही अनुसार…

Read More

धनगढी : कैलालीमा अजिङ्गरको बच्चाको उद्धार गरिएको छ । जिल्लाको गोदावरी नगरपालि –६ लालपुर क्षेत्रबाट अजिङ्गरको बच्चाको उद्धार गरिएको छ । करिब ५ किलोग्राम तौल र ३ मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेको बताए । उद्धार गरिएको अजिङ्गरको बच्चालाई सव डिभिजन वन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ ।

Read More

बैतडी : विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता भएका हुन्। शिक्षक बोहरा भदौं ५ गतेदेखि बेपत्ता रहेका भएपछि प्रहरीलाई भने बुधबार साँझ मात्रै खबर आएको प्रहरी प्रवक्ता केसीले बताए । बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडमा नजिकै चप्पल फेला परेको बताइएको छ। शिक्षक बेपत्ताको खबर पाउने बितिक्कै प्रहरी परिचालन गरि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

काठमाडौं : भाटभटेनी प्रा।लि।का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री गरिसकिएको भन्दै उनले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’ उनले कम्पनीका सञ्चालकहरुमा आफू, श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेको बताएका छन्…

Read More

धनगढी : धनगढीमा प्रहरीले भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका ३८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार साडी, लेडिज सुट,कुर्ती लगायतका सामानहरु बुधवार साँझतिर गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

Read More

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाबाट बुधबार लागुऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बेलौरी नगरपालिका–६ बाट कैलाली गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका –७ देवहरिया बस्ने २३ वर्षीय रेशम रानालाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए । यस्तै, भिमदत्त नगरपालिका– १० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित…

Read More

काठमाडौं :अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी मन्त्रालय तानिएका छन् । साउन पहिलो साताको सुन तस्करीमा जोडिएका दावा छिरिङसँग सम्बन्ध राखेको विषय बाहिर आएसँगै गृह मन्त्रालयले उनलाई सिंहदरबार बोलाएको हो । ६१ किलो सुन तस्करीका मुख्य हर्ताकर्ता भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावासँग अधिकारीले पटक–पटक सम्पर्क गरेको विषय केही दिनयता सार्वजनिक भइरहेका छन् । हिजो संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले समेत यस सम्बन्धमा प्रश्न उठाएका थिए । सीआइबीले सुन तस्करीको छानबिन गरिरहँदा यस्ता विषय बाहिर आएपछि अधिकारीलाई छानबिनका लागि मन्त्रालय लगिएको जनाइएको छ ।

Read More

धनगढी: कञ्चनपुरको भूमिमा बनाइएको भारतीय सिमा सुरक्षा बल (एसएसबी)को क्याम्प हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडास्थित नेपाली भूमिमा राखिएको एसएसबीको क्याम्प हटाइएको हो। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले कोरोनाकालमा क्याम्प राखेको थियो भने ७/८ महिनादेखि एसएसबीले क्याम्प निजिकै ब्यारिएल लगाएको थियो। सो विषयमा मिडियाले समाचार सम्प्रेषण गरेपछि सिडिओले उक्त कमद चालेका हुन्।

Read More