धनुषा -धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरको नहरचौक-बरकुर्वा सडकखण्डमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरू चारैजना बालकहरू रहेका छन्। मृत्यु हुने चारैजना सबैला-२ बस्ने बालक रहेका छन्। मृत्यु हुनेमा वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव छन्। दुर्घटनामा सोही वडाका वर्ष १९ का सुरेन्द्र यादव सिकिस्त छन्। सबैलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार लुइँटेलले दुर्घटना भएको र ५ जनालाई चिन्ताजनक अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको बताए। प्रहरिका अनुसार घटनास्थलमा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल भेटिएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं-कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गरेको समाचार राससमार्फत सार्वजनिक भएको थियो। मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न पत्राचार गरेको हो। नगरपालिकासँगै फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसी र नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री…
काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमन महाशाखाले जनाएको छ । केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलवार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन्। 014DSPDownload
काठमाडौं-प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई आज पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का तथा रु २८ हजार नगद बरामद गरेको छ। प्रहरीले पक्राउ पाख्रिनसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट…
सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेश’ दिन सरकारलाई रुलिङ गरेका छन्। विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए। एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो। प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता नभएको बताइएको…
काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ। योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन्। काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ। सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियार केन्द्रीय कार्यालय, मोरङमा रहेका जनार्दन जिसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएको हो।
काठमाडौं- गैरआवासीय नेपाली संघ ९एनआरएनए० का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन्। निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए। आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए। सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
दार्चला-नेपालमा विचारविहिन राजनितिक दल धेरै दिन नटिक्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले उद्घोष गरेका छन। सोमबार नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटिले आयोजना गरेको वृहत चुनावी आमसभामा सोम्बोधन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री ठगुन्नाले हाम्रो देशमा विचार विहनि दल धेरै दिन टिक्न नसक्ने हुँदा सवैले नेकपा एमालेको विचारमा समाहित हुनुको विकल्प नरहेको बताए। नेकपा एमालेले सवैलाई समेट्ने गरेको र अन्य दल कार्यकर्ता मुखि मात्रै रहेकोले नेपालमा अन्य दलको भविस्य शुन्य रहेको पुर्व मन्त्री ठगुन्नाले बताए। नेकपा एमालेको सरकार हुँदा मात्रै देशले विकासको फड्को मार्ने तर अन्य दल सत्तामा पुग्दा सधै कार्यकर्तामुखी बजेट विनियोजन…
दार्चुला-आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ। त्यसैगरी जिल्ला भरि १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने छन्। स्थानीय तहगत रुपमा मतदाता हेर्दा अपिहिमाल गाउँपालिकामा २ हजार ३ सय ९४ जना पुरुष र २ हजार २ सय ५७ महिला गरि ४ हजार ६ सय ५१ मतदाता रहेका छन्। अपिहिमाल…