दार्चला-नेपालमा विचारविहिन राजनितिक दल धेरै दिन नटिक्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले उद्घोष गरेका छन।
सोमबार नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटिले आयोजना गरेको वृहत चुनावी आमसभामा सोम्बोधन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री ठगुन्नाले हाम्रो देशमा विचार विहनि दल धेरै दिन टिक्न नसक्ने हुँदा सवैले नेकपा एमालेको विचारमा समाहित हुनुको विकल्प नरहेको बताए।
नेकपा एमालेले सवैलाई समेट्ने गरेको र अन्य दल कार्यकर्ता मुखि मात्रै रहेकोले नेपालमा अन्य दलको भविस्य शुन्य रहेको पुर्व मन्त्री ठगुन्नाले बताए। नेकपा एमालेको सरकार हुँदा मात्रै देशले विकासको फड्को मार्ने तर अन्य दल सत्तामा पुग्दा सधै कार्यकर्तामुखी बजेट विनियोजन गर्ने गरेकोले यस्ता दलबाट जनताले धेरै अपेक्षा नगर्नु स्वभाविक भएको बताए।
वृहत चुनावी आमसभाका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमाले पोलिटब्युरो सदस्य,पुर्वमन्त्री एवं संघिय सांसद गणेशसिह ठगुन्नाले नेकपा एमालेको सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा अनिवार्य गर्ने लक्ष्यका साथ प्राविधिक धारका कक्षा संचालन गरेको बताए।
गाउँमै प्राविधिक कक्षा संचालन भएपछि गरिब जनताका बालबालिकाले सजिलै संग अध्ययन गर्न पाउनु गौरवको विषयको उनको भनाई छ। अर्को प्रशंगमा बोल्दै पुर्व मन्त्री ठगुन्नाले जिल्लाको विकासका लागि नेपाली कांग्रेस पार्टीको योगदान के छ भनि प्रश्न समेत गरेका छन्।
पटक पटक कांग्रेस सरकारमा गएको भएता पनि जनताको पक्षमा भएको कुनै पनि कार्यक्रम देखाउन चुनौती समेत दिएका छन्। नेकपा एमालेकै सरकारले दुर्गम क्षेत्रका गर्भवती महिलालाई जटिल समस्या परे हवाई सेवा मार्फत उद्धार गर्ने कार्यक्रम समेत ल्याएको स्मरण गराएका छन्।
आगामी दिनमा पनि जनताको पक्षमा नेकपा एमाले वाहेक अन्य दलले केहि गर्न नसक्ने हुदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका मतदाताहरुले समेत नेकपा एमालेको अभियानमा लाग्न अनुरोध गरेका छन्। नेकपा एमालेको वृहत चुनावी अभियान अन्र्तगत आज नौगाड गाउँपालिकाको होपरीगाडमा आमसभाको आयोजना गरीएको हो।
वृहत चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गरि ३३ जनाले नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव शेरसिह धामीले जानकारी दिए। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको जिल्ला कमिटि सचिव धामीले बताए।
नेकपा एमाले नौगाड गाउँपालिका स्तरिय कमिटि अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्ना प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले प्रदेश कमिटि सदस्य रामदत्त जोशी , जिल्ला कमिटि अध्यक्ष प्रेमसिह धामी र जिल्ला कमिटि उपाध्यक्ष चरनसिह वुढाथोकी विशिष्ट अतिथि रहेका थिए।
आमसभामा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु,गाउँपालिका कमिटि पदाधिकारी एवं सदस्यहरु लगायत वडाकमिटि , टोलकमिटिहरु र नेकपा एमाले निकट हजारौ शुभचिन्तकहरुको सहभागिता रहेको थियो। नेकपा एमालेले भोली दुहु गाउँपालिकामा वृहत चुनावी आमसभा गर्ने जनाएको छ।