काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ। योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन्।
काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ।
सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियार केन्द्रीय कार्यालय, मोरङमा रहेका जनार्दन जिसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएको हो।
Facebook Comments Box