Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अतिक्रमित भूमि समेटिएको दार्चुला जिल्लामा नेपाल सरकारको बजेट घट्दै गएको छ भने नेपाली भूमि अतिक्रमण गर्दै आएको छिमेकी भारतले चाहिँ आफ्नो सहायता बढाउँदै लगेको छ । भारत र चीनसँग सीमा जोडिएको दार्चुलामा नेपाल सरकारका दुइटा आयोजना मात्रै छन् । सरकारले पहिलो प्राथमिकतामा राखे पनि महाकाली कोरिडोर सडक आयोजनामा बर्सेनी ५० प्रतिशत बजेट घटाउँदै आएको छ । अघिल्लो वर्ष १ अर्ब ३ करोड बजेट रहेकोमा गत वर्ष २०७९/८० मा ६३ करोड बजेट खर्च गरिएको छ । चालु वर्ष ०८०/८१ को निम्ति भने महाकाली कोरिडोर सडक आयोजनामा ४३ करोड रूपैयाँ मात्रै छुट्याइएको छ । दार्चुला मात्र नभएर बैतडी, डडेल्धुरा र कञ्चनपुर…

Read More

धनगढी: २२ वैशाखमा रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिम प्रदेश ०१–००१ झ ०५१९ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरेको थियो । जापानमा बनेको टोयटा कम्पनीको उक्त एम्बुलेन्समा आईसीयु र भेन्टिलेटरसहितको ‘क’ वर्गको सुविधा छ । रोटरी क्लब धनगढीले भन्सार छुट गरेर एक करोड ३५ लाख रुपैयाँमा खरिद गरी सो एम्बुलेन्स अस्पताललाई दिएको थियो । तर उक्त एम्बुलेन्स अझै सञ्चालनमा आएको छैन । उक्त ‘क’ वर्गको एम्बुलेन्स सञ्चाललनको लागि दर रेट निर्धारण नभएकाले र आवश्यक पर्ने चिकित्सक, पारामेडिक्स र नर्सिङ जनशक्तिको व्यवस्था नभएको हुँदा सञ्चालन गर्न नसकिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए ।

Read More

काठमाडौँ: नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीसहित सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रालि ललितपुर सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ । उनीहरुको मिलेमतोमा तत्कालीन टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको आयोगको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा…

Read More

काठमाडौँ: आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी नेपाली काँग्रेस नेतृ डा।आरजु राणा देउवाले आफू कृषकको छोरी भएकाले कृषि समितिको सभापति रोजेको बताएकी छन् । उम्मेदवारीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन रु जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा…

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिका, हसुलियामा वल्र्डलिंकको शाखा विस्तार गरिएको छ । गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्ने उद्देश्यसहित आइतबार पत्रकार सम्मेलन तथा उद्घाटन समारोहको आयोजना गर्दै शाखा विस्तार गरिएको जानकारी दिइएको हो । घर दैलोमै फाइवर सेवा पुर्याउने लक्ष्यसहित सर्वशुलभ दरमा गाउँपालिकाभरी इन्टरनेट सेवा पुर्याउन शाखाको समुदघाटन गरिएको शाखा म्यानेजर राजेन्द्र विष्टले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले सार्वजनिक महत्वको क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिदिन आग्रह गरेकी थिइन् । सोही अनुरुप वल्र्डलिंकले पालिकाको स्वास्थ्य संस्था, चौक र बढी भिडभाड हुने स्थानमा नि:शुल्क इन्टरनेट जडान गर्ने घोषणा गरेको छ ।

Read More

धनगढीः कैलालीको अत्तरियामा रहेको राष्ट्रिय वाणिज्य बैंकको टोकन मेसिन बिग्रिएपछि सेवाग्राही समस्यामा परेका छन् । बैंकमा टोकन प्रणाली जडान भएपछि लाइनमा बस्नुपर्ने बाध्यता हटेको भएपनि मेसिन बिग्रिएपछि पुनः लाइन लाग्नुपर्ने अवस्था सृजना भएको हो। बैंकका सेवाग्राही कृष्ण विश्वकर्माले बैंकमा टोकन सिस्टम बिग्रिँदा निकै समस्या भएको बताए। साथै ज्येष्ठ नागरिक तथा अशक्त,अपाङ्ग भएका व्यक्तिले झनै सास्ती खेप्नु परिरहेको छ। बैंक प्रशासनले बिग्रीएको मेसिन बनाउन धनगढी पठाएको भएपनि सामान नभेटिँदा मर्मतमा ढिलाई भएको जनाएको छ। मेसिनका सामान तत्काल ल्याएर छिट्टै सञ्चालन गरिने बैंकले जनाएको छ।

Read More

महेन्द्रनगर : नेपाली सेनाको सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधी कैलालीको तेघरीस्थित देवीदल गणले हात पारेको छ ।गत भदौ २ गतेदेखि सञ्चालन भएको ट्रफीमा बक्सिङ्ग, फुटबल, बास्केटबल र पौडी विधामा विजयी हुँदै देवीदल सर्वोत्कृष्ट गण घोषित भएको नेपाली सेनाले जनाएको छ । त्यसैगरी ट्रफीमा अछाममा कार्यरत गोरखबक्स गणले द्धितीय स्थान हासिल गरेको छ । भने डोटीमा रहेको भैरवप्रसाद गणले तृतीय स्थान हासिल गरेको छ । गोरखबक्स गणले भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्दै ट्रफीको उपबिजेता बनेको हो ।तेघरी ब्यारेकमा आइतबार बिहान आयोजित ट्रफी समापन समारोहमा सुदूरुपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा बिजेता टिमलाई ट्रफी,…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासम परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको हो । पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । यसैबीच लामिछाने भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनी एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोली पाकिस्तान जाने भएका हुन् । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग…

Read More

धनगढी: सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू आन्दोलित भएका छन् । रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको भन्दै अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाएको छ । लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने,मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्र बुझाइएको सङ्घका सुदूरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए । ज्ञापन पत्र बुझे पश्चात् किसानहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी…

Read More

बैतडी : करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, दशरथचन्द नगरपालिका-५ आइतका ४३ वर्षीय केशवदत्त लेखक मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए। उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् । केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले…

Read More