काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन्। उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ। यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन्। हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए। राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन्।
Author: महेन्द्रनगर पोष्ट
चितवन: कार्यालय सहयोगीलाई पटक पटक बलात्कार गरेको अभियोग लागेका जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा रिहा भएका छन्। भण्डारीले पटक पटक बलात्कार गरेपछि बसेको गर्भपतन गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि ज्यानकै जोखिममा परेकी उनले प्रहरीमा भनेको घटना विवरण अदालतमा फेरेपछि त्यही बयानलाई आधार मानेर जिल्ला अदालत चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले मंगलबार भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर, धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको बताइएको थियो।
पाटादेवल: खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा लाग्ने सैन्डाँडा मेला (पैठी) को चहलपहल भाद्र शुक्ल प्रतिपदाको दिनदेखि नै सुरु हुन्छ । पैठी भने शुक्ल चतुर्दशीदेखि पूर्णिमाको पाँचौँ दिनसम्म लाग्ने गर्छ । सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेलामा बझाङ मात्रै नभएर छिमेकी जिल्ला डोटी, बाजुरा र अछामसहितका हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । पछिल्लो समय खापरको पूजासँगै सांस्कृतिक कार्यक्रम पनि हुने हुँदा जिल्लाभरका मान्छे पाटादेवलमा झुम्मिन्छन् । खापर पुजकको सुरुआत भएको ठाउँ भन्दै जिल्लाभरका अधिकांश समुदायले पुजपोखल (पूजा सामाग्री) ल्याएर पैठी (सैन्डाडा) आउने गरेका छन् । खप्तडछान्ना–६ का वडाध्यक्ष तेजबहादुर खड्काका अनुसार सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै…
कञ्चनपुर: कञ्चनपुरमा एक फरार अभियुक्त २७ वर्षपछि पक्राउ परेका छन्। काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका गोरे रोकाया पक्राउ परेका हुन्। रोकायालाई अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएको थियो। रोकायालाई बुधबार इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङ नेतृत्वको टोलीले घरबाटै पक्राउ गरेको थियो। रोयाकाले ०५१ सालमा वनबाट काठ तस्करी गरेका थिए। उतिवेला उनको उमेर ३४ वर्षको थियो। मुद्दा फैसला हुँदा ३६ वर्षका डाँगी अहिले पक्राउ पर्दा ६३ वर्ष पुगेका छन्। २६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा एक वर्ष कैद र १७ हजार, तीन…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताएका छन्। चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राखे। प्रम प्रचण्डले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी समेत दिए। हिन्दु धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार देवताका पनि देवता, महादेवको…
कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको हो। बेलौरी- १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।
बैतडीः बैतडीमा स्कारपियो र अल्टो कार एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्। हिजो(बिहिवार) साँझ जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्किङ गरेर राखेको सु.प.प्र०२००१ च १०१५ स्कारपियोलाई देहीमाण्डौंबाट बैतडी सदरमुकामतर्फ गइरहेको से १ ज ७५३ नम्बरको अल्टोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अल्टोले स्कारिपयोलाई ठक्कर दिँदा दुवै गाडीमा क्षति पुगेको छ। अल्टो चालक दिनेश मौनी समान्य घाइते भएका र उनी उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी र मधेस प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अछाम : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सास्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए । रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ । पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले सुनाए । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट…
काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो । उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास,…