Author: महेन्द्रनगर पोष्ट

चमोली: भारतको उत्तराखण्डको चामोली जिल्लामा घर भत्किँदा २ नेपाली युवकको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। मृतकमध्ये १ जनाको घटनास्थलमैं मृत्यु भएको र अर्काको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ। मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ। मंगलबार राति करिब ८ बजे २ तले घर भत्किँदा सो घरमा ७ जना बसिरहेका थिए। मृतकहरु क्रसर उद्योगमा काम गर्ने मजदूर रहेको बताइएको छ।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा फसेर हिजो मृत्यु भएको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ । ट्यांकीमा फसेर मृत्यु भएको हात्तीलाई दुईवटा ब्याक हो लोडर (जेसीबी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नुन छर्किएको थियो । यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो । “हिन्दु परम्पराअनुसार हात्तीलाई…

Read More

डोटी: डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्। घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन्। घटनाका सम्बन्धमा बझ्न मेयर बलायरलाई फोन गर्दा उनको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन। घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।

Read More

डडेल्धुरा: सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको छ। आज(शुक्रबार) डिनको कार्यालयले एक सूचना जारी गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयो थेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उपप्राध्यापक माग गरेको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज…

Read More

बझाङ: हिजो पनि बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। अस्ति बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङकै बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको थियो।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर  अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। आज राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही…

Read More

काठमाडौँ : ओभरसियर पढेका तर, साधु बन्छु भनेर हिँडेका युवकले मकवानपुरमा आफ्नै लिंग काटेका छन् । साउन ३१ मा राति मकवानपुरको हेटौंमा उपमहानगरपालिका–१० स्थित फुलवारी होटल एण्ड लजमा २२ वर्षीय युवकले लिंग काटेका हुन् । ब्लेडले लिंग काटेका युवक उपचार गर्न हेटौंडा अस्पताल गएको र त्यहाँबाट चिकित्सकले चितवनमा रिफर गरेको मकवानपुरका एसपी सिताराम रिजालले बताए । मकवानपुरगढी गाउँपालिका–७ घर भएका युवकको लिंगमा गहिरो चोट लागेको छ । ओभरसियर पढेका उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिंग काटेको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट घाइते आफैँले लिंग काटेको थाहा भएको एसपी रिजालले जानकारी दिए ।

Read More

कैलालीः कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिक्रम बिष्ट निर्विरोध चयन भएका छन्। आज धनगढीमा सम्पन्न भएको कैलाली जिल्ला क्रीकेट संघको कार्य समिति चयनमा बिष्ट निर्विरोध निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा र कोषाध्यक्षमा बिनोद लामा निर्वाचित भएका छन्। यस्तै सदस्यमा रतन कठायत, लोकबहादुर खड्का (रबि), रुपकबहादुर बिष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, वावुराजा श्रेष्ठ, गोबिन्दराज जोशी, पदम बहादुर सिंह, दिनेश महर्जन, गणेश रजक, सम्राट सिंह र कमलराज जोशी निर्वाचित भएका छन्।

Read More

बैतडी : डेंगी संक्रमणबाट बैतडीका एक युवाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो । भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो । ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो । डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका…

Read More

काठमाडौँ : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार…

Read More