Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार राजधानीमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले सिम्रिक एयरले १ लाख रुपैयाँ तिर्न बाँकी रहँदा सरकारले उडान रोकेमा आपत्ति जनाउँदै पछिल्लो समय सरकारले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको दाबी गरेका हुन् । कार्यक्रममा उनले उदाहरणका रूपमा सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको हल्ला गराए पनि सञ्चालक एवं क्याप्टेन रामेश्वर थापा पैसा लिएर जाँदा १ लाख रुपैयाँमात्र बाँकी रहेको…

Read More

धनगढीः कैलालीबाट दुई बालक वेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक वेपत्ता भएका हुन्। आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद वेपत्ता भएका छन्। उनीहरु कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुबै जना बुधवारदेखि वेपत्ता भएका हुन्। उनीहरु दुबै जना १२ वर्षिय हुन। उ नीहरुलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८४७५४५७७१ र ९८२१६४५०७६ मा सम्पर्क गर्न भनिएको छ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । आज (बिहिबार) प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालमा बाँदरको समस्या समाधान गर्न गाह्रो रहेको बताइन् । विगतमा नेपालले विदेशमा अनुसन्धानको लागि बाँदर निर्यात गर्दा आफू पनि त्यसको विरोधमा लागेको बताउँदै राणाले अहिले भयावह अवस्था भएको भन्दै चिन्ता ब्यक्त गरिन् । अहिले बाँदरको संख्या बढेर कहालीलाग्दो अवस्था रहेको बताउँदै उनले बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन नै गर्नुपर्ने बताइन् । राणाले भनिन्- ‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी…

Read More

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौंको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको हो । यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने…

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको एसएसपीका लागि १२ जना एसपीको नाम सिफारिस गरिएको हो । बढुवा सिफारिस सूचीअनुसार राजेश उप्रेती पहिलो नम्बरमा परेका छन् भने गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेज प्रसाद पोखरेल बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रका अनुसार सिफारिस भएका १२ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ…

Read More

काठमाडौँ : नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । सङ्घका अध्यक्ष धुव्र गौतमले बिचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही…

Read More

काठमाडौँ : सङ्खुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएको छ । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरूले बुधबार दिउँसो शीतलनिवास पुगी राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनेरास्ववियु कैलालीले छ्ड्के हानेको छ। आज (बिहीबार) अस्पतालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले छ्ड्के हानेको हो। सेवाग्राहीको गुनासो बढ्दै गएको अवस्थामा आज छ्ड्के हानिएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार चिकित्सकको लापरबाही, जताततै फोहोर, सरसफाइको अभाव र कर्मचारीहरुको मनोमानीजस्ता समस्या देखा परेका छन्। यस्तै, समयमा कर्मचारीहरु अफिस नपुग्ने र शल्यक्रियाका लागि सेवाग्राहीले १ वर्ष कुर्नुपर्ने बाध्यता रहेको बोगटीले बताए। भोलि नै यसको समाधानका लागि अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।

Read More