Author: महेन्द्रनगर पोष्ट

डोटीः  डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक ४ दिनदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। बाटेओखर भन्ने ठाउँमा सडकमाथिबाट ठूलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको डोटी प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि एम्बुलेन्स समेत चल्न नसक्दा उक्त क्षेत्रका बिरामीहरुलाई बोकेर ल्याउनु पर्ने अवस्था सिर्जना भएको छ। बुधवार गएको पहिरो पन्छाएपनि बिहीवार पुन: पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ। ठाउँ–ठाउँमा भएका सानातिना अवरोधहरु नेपाली सेनाले हटाएपनि उक्त पहिरो हटाउन मेसिन ल्याउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए।  प्रमुख जिल्ला अधिकारी अर्यालले आजसम्म बाटो…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

धनगढी: धनगढीको दिपेन्द्र प्रहरी स्कुुलमा गत बैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल। स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन्। दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन्। पारिवारीक स्रोतकाअनुसार राजेश्वरी फेसबुुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन्। करीब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नेतासमेत रहेका मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्बादबाट दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा…

Read More

धनगढी: बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। चैनपुरस्थित पसल व्यवसाय गरी बस्ने परराज चलाउनेका ४ वर्षीय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्। शुक्रबार साँझ ४ बजे शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई सुदूरपश्चिम प्रदेश से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ। उनको अहिले जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका २२ वर्षीय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक जनालाई सर्पले डसेको छ। जिल्लाको वेदकोट नगरपालिका–७ झजपुराका ३६ वर्षीय राजकुमार चौधरीलाई सर्पले टोक्दा घाइते भएको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ। घाइते चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीबाट एक युवक लागुऔषध ब्राउन सुगरसहित समातिएका छन्। धनगढी उपमहानगरपालिका- ७ जोखरतालबाट वडा नम्बर १३ मोहनपुर बस्ने २३ वर्षीय सुनिल चौधरी पक्राउ परेका हुन्। चौधरीमाथि शंका लागि चेकजाँच गर्दा २ सय मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले समातेको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ। भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि उपसमिति बनाएको थियोे। उपसमितिका संयोजक मानबहादुर धामीका अनुसार निमित्त वन निर्देशक भट्टलाई भदौ ११ गते ११ बजे समितिको बैठकमा जवाफ दिने गरेर उपस्थित हुन पत्राचार गरिएको छ। केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका…

Read More

काठमाडौँ: धरानमा पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन्। उक्त निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने…

Read More

काठमाडौं: गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफूमाथि आरोप लागेपछि प्रतिकार गरेकी छिन्। समीक्षाले केयरटेकरका रूपमा उनलाई अष्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमार्फत समाजको आलोचना र मान्छेको व्यवहारबाट आफू आत्तिसकेको बताएकी छिन्।  ‘खोक्रो इज्जतको खोल ओढेर आँफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका, नदेखिएका पनि होइनन्। मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु,’ उनले लेखेकी छन्, ‘मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्नसक्ने साहास भगवानले पूरा गरून्। सकिन्छ राम्रो सल्लाह सुझाव दिने कोसिस गर्नुहोस्, सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचिदिनूस्।’

Read More

बैतडी: महाकालीमा बगेर भारतको झुलाघाटतर्फका बाबुछोरा बेपत्ता भएका छन्। झुलाघाट निवासी ३९ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्। बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन। महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए। बेपत्ताको खोजीमा भारतीय प्रहरी जुटेको जानकारी आएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ।

Read More