Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला परेको छ । बुधवार प्रहरीले १४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका-२ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ११ लाख ४ हजार मूल्यका मोटर पाट्सहरु र कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् । त्यस्तै, धनगढी-४ ओमशान्ति टोलबाट अन्दाजी ९१ हजार मूल्यका कपडा, भजनी नगरपालिका-५ कुटीबाट २ लाख ७१ हजार मूल्यका कपडा र से.प.२७५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेबका हुन् । बेवारिसे अवस्थामा फेला परेका ती सामान बरामद गरी भन्सार कार्यालय त्रिनगर र सत्तीमा बुझाएको कैलाली…

Read More

बैतडी: बैतडीको पाटन र दशरथचन्द नगरपालिकामा भोलि बिदा दिइएको छ । गौरा पर्वको अवसरमा बिहीवार २१ गते एक दिन बिदा दिएको हो । ७ गते गौरा पर्व नमनाएका ठाउँमा भोलि मुख्य दिन गौराष्टमी मनाइँदैछ ।

Read More

डडेल्धुराः डडेल्धुरामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी एक कार्यक्रमको मञ्च ढलेको छ । बुधवार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेको हो । वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेका थिए । मञ्चमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए । मञ्च ढलेपछि अतिथिहरूको भागाभाग परेको थियो । मञ्च भत्किँदा चोट कसैलाई पनि नलागेको र कार्यक्रम भने केही समयका लागि स्थगित भएको थियो ।

Read More

काठमाडौँ: मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो । दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ ।…

Read More

बैतडी: बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । खोड्पे बजारमा गौरा पर्वको अवसरमा यही भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो । पाटन नगरपालिका-८, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको बताइएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार २ हजार नगदसहित प्रमाण प्रदान गरिनेछ ।

Read More

गोरखा: प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए । जिल्लाभित्र नदी…

Read More

काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट…

Read More

बैतडी: सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा सङ्क्रमण देखिएको छ । उनले भने, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ ।” पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा यस प्रदेशमा छ सय ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा…

Read More

बैतडी: बैतडीको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्। मंगलबार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।  पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ। स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

बझाङः बझाङमा एक जना मृत फेला परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल बझाङको सैन खोलामा मंगलवार राति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हामफालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More