Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–८ स्थित डिस्कभरी बोर्डिङ स्कूल नजिकैबाट ५ सय मिलिग्राम लागुऔषधसहित वडा नम्बर ७ का १९ वर्षीय गोविन्द राना पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीका चार स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा हटाइएको छ। गेटा आँखा अस्पताल, घोडाघोडी हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटलबाट स्वास्थ्य बिमा बोर्डले प्रदान गर्दै आएको बीमा उपचार सेवा हटाएको हो। बीमा बोर्ड सुदूरपश्चिमका प्रदेश संयोजक रमेन्द्रप्रसाद कुश्वाहले गेटा आँखा अस्पतालले यस्तो सेवा आफैले हटाएको र बाँकी अस्पतालबाट दिने सेवाका लागि नवीकरण नभएको बताए। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म ती अस्पतालहरूबाट बीमा सेवा हटाइएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बीमा सेवा हटाइएको बोर्डले जनाएको छ। आर्थिक वर्ष…

Read More

महेन्द्रनगरः नेपाली सेनाको सुदूरपश्चिम पृतनास्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ। देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो। कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए। द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ।​ देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र…

Read More

धनगढीः नेकपा एमालेको भातृ संगठन युवासंघका अध्यक्ष क्षितिज थेवेमाथि आक्रमणको प्रयास भएको छ। संघको जिल्ला भेला तथा प्रशिक्षणका लागि धनकुटा जाने क्रममा पहिचानवादी आन्दोलनकारीको समूहले उनलाई ढुंगामुढा गरेको हो। संघका इञ्चार्ज महेश बस्नेतले जसपाका केन्द्रीय सदस्य आङ्गकाजी शेर्पाको उक्साहटमा केही व्यक्तिले धनकुटाको चौबिसे जाने क्रममा थेवेमाथि ढुङ्गामुढा गरेको आरोप लगाएका छन्। सरकारले आक्रमणकारीलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिनेसमेत उनले चेतावनी दिए।

Read More

धनगढीः उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ। न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न अन्तरिम आदेश दिएको हो। प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले हर्कविरुद्ध हालेको रिटमा अदालतले यसअघि पनि सोही आदेश दिएको थियो। धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको अधिकारी दम्पत्तिको जग्गामा साउन ६ गते हर्क वृक्षारोपण गर्न गएका थिए। सो जग्गा आफ्नो भएको उनीहरुले दावी गरेपछि विवाद भयो। त्यसविरुद्ध अधिकारी अदालत पुगे। गत सोमबार मेयर हर्क फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको हो। उनी त्यहाँ पुग्दा अधिकारी दम्पत्तिले प्रतिवाद गरेका…

Read More

धनगढीः धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडाल मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। उनकाअनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको…

Read More

धनगढीः ६१ किलो सुनकाण्डले देश तातिरहेका बेला पूर्वी नेपालको सीमावर्ती क्षेत्र सिराहाबाट पाँच केजी चाँदीको गहना प्रहरीले बरामद गरेको छ। एक भारतीय नागरिकले नेपाल भित्र्याउँदै गरेको उक्त परिमाणको चाँदी प्रहरीले समातेको हो। नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपालतर्फ आइरहेका पैदल यात्री ५२ वर्षीय विश्वनाथ साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। विशेष सुराकीका आधारमा चेकजाँच गर्दा कपडाको धोक्रोमा हाली नाइटोभन्दा मुनि कम्मरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले बताए। पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका…

Read More

काठमाडौंः नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन्। केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो। २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए।

Read More

धनगढीः सिरहामा प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन्।बिहीबार साँझ सिरहाको बडियारपट्टी गाउँपालिका ३ मा व्यवसायीलाई धम्क्याइरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका १ का मुकुन्दकुमार साह रहेको प्रहरीले जनाएको छ। भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका १ का सदन नारायण दासलाई उनले धम्क्याईरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ।

Read More

धनगढीः कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिट गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये ४ जना पक्राउ परेका छन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ। आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि…

Read More