Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीस्थित अत्तरियाका युवाद्वारा पहिरो पीडितलाई सहयोग तथा राहत प्रदान गरिएको छ। हिजो (सोमबार) गोदावरी नगरपालिकास्थित वडानम्बर-४ हनुमान मन्दिर नजिकैको जंगलमा बसिरहेका पीडितहरुलाई सहयोग प्रदान गरिएको हो। ८ घरपरिवारलाई सहयोगस्वरुप खाद्यान्नसहितका सामग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको युवा उत्तम महराले जानकारी दिए। उनका अनुसार हालै आएको पहिरोका कारण गोदावरीकै भ्यागुत्तेपानीबाट विस्थापित भएका परिवारहरु जंगलमा बसिरहेका छन्। यस्तै अर्का युवा बिराज बिष्टले पनि आफूहरुले सहयोग उठाएर, जुटाएर सहयोग गरिएको बताए। यसपछि चुरेमा पनि सहयोग प्रदान गर्ने योजना रहेको उनले बताए। तर स्थानीय तथा प्रदेश सरकारले भने पीडितलाई बेवास्ता गरेको उनको आरोप छ। पीडितहरुको दीर्घकालीन समाधान तथा व्यवस्थापन खोज्नुपर्नेमा सरकारले उनीहरूलाई राहतसमेत नदिएपछि आफूहरु…

Read More

धनगढी: बझाङमा गत मङ्गलबार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्। श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए। मोबाइल चोरी, चक्कु प्रहार ४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र…

Read More

धनगढीः धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ। हिजै अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो। उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ। उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो। उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका थिए।…

Read More

काठमाडौं: एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनालले केही अनलाईन मिडियाले भ्रमपूर्ण समचार प्रकाशन गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । खनाल भागेर अमेरिका पुगेको भन्ने समचार केही अनलाईन मिडियामा प्रकाशन भएसँगै उनले समचारको सार्वजनिक खण्डन गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्: कथित काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै ‘६० केजी सुन तस्करी प्रकरण: पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल’ शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त समाचार कपोलकल्पित,…

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताए। मन्त्री साउदले भने, ‘केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइने बारेमा छलफल गरिनेछ ।’ उनले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदै आएको बताए । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् । काँग्रेसको शेखर कोइराला-गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिन चाहे । देउवाले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो । उनले आफू सभापति नबन्ने बताएका छन् ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (युएई) र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।

Read More

बझाङः बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा गत मंगलबार राति भएको उक्त घटनामा तीन जना घाइते भएका थिए। घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए। चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन। राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र…

Read More

धनगढीः धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा यही भदौ १४, १५ र १६ गते धनगढी —उपमहानगरपालिकाको प्राङ्गणमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सञ्चालन हुने भएको हो। स्थानीय ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा पनि ८ औं पटक गर्न लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताए। डेउडा प्रतियोगिताबाट प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई ५ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

Read More

धनगढीः दार्चुलामा एक बृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घर नजिकै मृत अवस्थामा भेटिएकी चन्दको हत्या भएको हुनसक्ने आशंका गरिएको बताए । घटनापछि चन्दका नाती फरार भएकाले हत्या गरेर भागेको हुनसक्ने बताउदै अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कही नाती आएर पैँसा मागेर दुःख दिने गरेका थिए।

Read More