Author: महेन्द्रनगर पोष्ट

झलनाथ खनाल, भजनी: कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ । “नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो”, चौधरी भन्छन्, “अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।” टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको…

Read More

महेन्द्रनगर: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् । बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुग्नुभएका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताए । महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।” उनले नदीमा पानी बढेको…

Read More

क्वालालम्पुर: मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।” मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ । नागरिक…

Read More

बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्। घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए। प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली: कैलालीको एक वडा कार्यालयले सूचना नै जारी गरेर अर्काको खेतबारीमा बिना अनुमति घाँस नकाट्न आग्रह गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ को कार्यालयले यस्तो सूचना जारी गरेको हो। अरुको खेतबारीमा घाँस काट्दा विवाद निम्तिन सक्ने भएकाले आफ्नै बारीमा घाँस काट्ने कार्य गर्न तथा अरुको बारीमा घाँस काट्ना अनुमति लिन वडाले आग्रह गरेको छ। साथै अरुको बारीमा घाँस काटेको पाइएमा तथा त्यसले विवास निम्तिएमा नियमानुसार सजायको भागेदार हुनेसमेत जानकारी दिएको छ।

Read More

कैलाली: सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ। पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन्। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ। यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ। आजकै दिन सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि छ। गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ। असोज १ गते साँझ सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ। यसलाई…

Read More

चमोली: भारतको उत्तराखण्डको चामोली जिल्लामा घर भत्किँदा २ नेपाली युवकको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। मृतकमध्ये १ जनाको घटनास्थलमैं मृत्यु भएको र अर्काको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ। मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ। मंगलबार राति करिब ८ बजे २ तले घर भत्किँदा सो घरमा ७ जना बसिरहेका थिए। मृतकहरु क्रसर उद्योगमा काम गर्ने मजदूर रहेको बताइएको छ।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा फसेर हिजो मृत्यु भएको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ । ट्यांकीमा फसेर मृत्यु भएको हात्तीलाई दुईवटा ब्याक हो लोडर (जेसीबी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नुन छर्किएको थियो । यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो । “हिन्दु परम्पराअनुसार हात्तीलाई…

Read More

डोटी: डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्। घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन्। घटनाका सम्बन्धमा बझ्न मेयर बलायरलाई फोन गर्दा उनको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकेन। घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।

Read More

डडेल्धुरा: सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको छ। आज(शुक्रबार) डिनको कार्यालयले एक सूचना जारी गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयो थेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उपप्राध्यापक माग गरेको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज…

Read More