धनगढीः कैलालीको अत्तरियामा रहेको तरकारी हाटबजारमा विषादयुक्त तरकारी भेटिएको छ। कृषि उपज थोक बजार अत्तरियाबाट संकलन गरेका तरकारीका नमूनामा विषादी भेटिएको जनाइएको छ।
सोमबार ५ वटा तरकारीको नमूनामा विषादीको मात्रा परीक्षण गरिएकोमा डडेल्धुराबाट ल्याइएको काउली र कैलालीको गोलभेडामा रेड लेबल विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई अत्तरियाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए।
उनले अत्तरियाका तरकारी तथा फलफूल पसलमा राखिएको काउली र पाण्डे फलफूल तथा तरकारी पसलमा राखिएको गोलभेडाको नमूनामा रेड लेबल विषादीको मात्रा भेटिएपछि खान अयोग्य हुने भएकाले नष्ट गरिएको बताए।
यसअघि साउन १२ गते सल्यानबाट ल्याइएको भेडे खुर्सानीमा रेड लेबल विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो।
Facebook Comments Box