Author: महेन्द्रनगर पोष्ट

कैलाली: सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेङ्गु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्नमा लापरबाही गरेको देखिएको छ। पछिल्लो महिनामा प्रदेशमा डेङ्गुबाट पीडित ३ जनाको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेङ्गुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको बताए। सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन्। निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेङ्गुका ९७ नयाँ रोगी फेला परेका छन्। नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी…

Read More

दाङ: एक छात्रा विद्यालय पोशाकमा मृत फेला परेपछि स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।  रुकुम पश्चिम्को चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।  स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगेर विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।  घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र  सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए। पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्।   प्रीन्सिपलकी भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले…

Read More

काठमाडौं: वर्षाका कारण आइतबार अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ।  भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३:१५ मा यही अवस्थामा खेल शुरू हुनेछ। जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो। तर, आज पनि श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना छ। 

Read More

कञ्चनपुर: साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्। प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्। यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६÷१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए। उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९…

Read More

कैलाली: वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ रकम ठगी गर्ने कैलालीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। टर्की पठाउने भनी २ लाख ५० हजार रुपियाँ लिई सम्पर्कविहीन २३ वर्षीय चित्रबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थायी घर कैलाली रही अहिले काठमाडौंको मित्रनगर नयाँ बसपार्क बस्ने मगरले टर्कीको होटलमा काम गर्न ५ लाख रुपियाँ लाग्ने र मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी निशान खड्कालाई प्रलोभनमा पारेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

बैतडी: अविरल वर्षापछि पहिराका कारण महाकाली र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन्। जयपृथ्वीअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुङ्गा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनले भने, “सडक माथिबाट ठूलो ढुङ्गा खसेको छ, जेसिबीको सहायताले ढुङ्गाको केही भाग फुटालेर सानो गाडी आवतजवात भइरहेको भए पनि पूर्णरूपमा खुल्न सकेको छैन। अर्को जेसिबी पनि पठाएका छौँ।” यस्तै पहिरो खस्दा महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ खम्तोलामा दिउँसो ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरूपमा…

Read More

कैलाली: हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय…

Read More

काठमाडौं: क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। पीडित पक्षले आज(सोमबार) रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतीले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।   प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। हाल क्रीकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार केसमा मुद्दा चलिरहेको छ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले काम रोकेर आन्दोलन गर्ने जनाएका छन् । विमानस्थलबाट करिब ६१ किलो सुन बरामद भएको घटनामा अनुसन्धानको नाममा आफूहरूलाई मानसिक रूपमा दुःख दिने काम भएको भन्दै उनीहरूले काम छोडेर आन्दोलन तिर लागेका हुन् । पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायत काम बन्द गर्नुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भीक रूपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने, कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न र कर्मचारीलाई दुःख दिने कार्य बन्द गर्नुपर्ने जनाएका छन् ।…

Read More

काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेका थिए । मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए । “उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको…

Read More