Author: महेन्द्रनगर पोष्ट

धनगढीः भन्सार छलिका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बाणिबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएका एक लाख चौरासी हजार नौ सय रुपैयाँ बराबरका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो। शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिई गएको संयुक्त प्रहरी गस्ती टिलीले चिनी, सलाई, छोहरालगायतका सामान र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो। यसैगरी, बेलौरी नगरपालिका–६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट ६५ हजार बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान बरामद गरिएको छ। बरामद गरिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: भारतको लखिमपुरी खिरीस्थित पलियामा एक पत्रकारविरुद्ध मुद्दा दायर गरिएको छ। भिडियो छायांकन गरिएको र संस्थाको छवि बिगार्न खोजेको भन्दै पत्रकार शिशिर शुक्लाविरुद्ध मुद्दा  दायर भएको हो। उनले अस्ति ३ दिन अघिमात्रै त्यहाँको सरकारी किताबखानाबाट किताबहरु कवाडखानामा बिक्री भैरहेको समाचार संकलन गरी भिडियो बनाएका थिए। त्यसपछि उनले त्यहाँका शिक्षा अधिकारीलाई सो विषयमा बुझेका थिए। त्यस लगत्तै ती अधिकारीले पत्रकार शुक्लाविरुद्ध प्रहरीमा मुद्वा दायर गरेका थिए। अहिले पत्रकारविरुद्ध मुद्दा दर्ता गरेको भन्दै भारतका विभिन्न स्थानमा आन्दोलन तथा प्रदर्शन भैरहेका छन्। पत्रकारिता पेशाको वाक स्वतन्त्रता, पेशागत सुरक्षाको धज्जी उडाउदै भारतजस्तो लोकतान्त्रिक मुलुकमा पनि पत्रकारलाई कानुन लगाएर डरत्रास देखाउनुले भारतको मिडियालाई त्यहाँको सरकारले हेर्ने…

Read More

एजेन्सीः भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्। रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ। श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ। मृतकका आफन्तले उनले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन्। घटनापछि परिवारका सदस्यहरूबीच हंगामा मच्चिएको छ। प्रहरी थप अनुसन्धानमा जुटेको छ। मृतकले मजदुरी गरेर परिवार…

Read More

धनगढीः धनगढीमा यातायात आवतजावतमा असहजता भएको छ। धनगढी आसपासका मुख्य सडकमा छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गरेपछि सास्ती खेप्नुपरेको हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी (अत्तरिया) जोड्ने छ लेन सडकमा गाईबस्तुको हुल हुने गरेको छ। १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ। स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन्। सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग गर्दै आएका छन्।

Read More

-राधाकृष्ण देउजा अकारण असामयिक र अन्यायपूर्ण रुपमा भएको प्रहरी उच्च अधिकृतहरुको सरुवा पश्चात सरुवा हुने एआइजीहरुलाइ धन्यवाद र शुभकामनाको सुरुवात गर्दै गर्दा नै लेखेको छु कि त्यस रुपमा  भएको उच्च प्रहरी अधिकृतहरुको सरुवा उनीहरुको लागि चाही रहरको सम्बोधन भन्दा पनि नियतिको ग्रहण नै हो। त्यसैले उनीहरु जहाँ थिए, त्यहाँ गरेको कामको लागि उनीहरुलाइ धन्यवाद दिंदै जहाँ गए त्यहाँ राम्रो काम गर्न सकुन् भन्ने शुभकामना दिनु नै अहिलेलाइ बान्छनीय छ। त्यसैले त्यसैको निरन्तरता स्वरूप धन्यवाद र शुभकामना दिउँ नेपाल प्रहरीमा रहेर गरेको कामले आम छोरीहरुकै शिर ठाडो पार्न सक्ने बहादुर मिरा चौधरीलाई। मिरा चौधरी साहसि र बहादुर महिला हुन् भन्ने जान्नलाइ…

Read More

बैतडीः बैतडीका हरिश चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएके छ। बैतडीको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ वर्षीय चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएको हो। निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गरिरहेका बेलामा करेन्ट लागेर बिहीवार मृत्यु भएको बताइएको छ। गौरा पर्वको समयमा चन्दको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ। मृतकको दाहसंस्कार गरिसकिएको छ। 

Read More

नयाँ दिल्ली: भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए। यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए। उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए। यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो। एक प्रत्यक्षदर्शीले केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए। 

Read More

डोटीः  डोटीको एक पालिकामा युवाहरुले श्रमदानबाट बिजुलीको लाइन बिस्तार गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका –३ का युवाहरूले श्रमदानबाट बिजुली बालेका हुन्। वडाध्यक्ष नवीन ओझाको अगुवाइमा स्थानीयले श्रमदानबाट विद्युत बिस्तार गर्दै ४ टोलमा बिजुली बालिसकेका छन् भने अन्य टोलमा बिस्तार कार्य जारी रहेको जनाएको छ। ५ वर्षअघि ठेक्का लागेको विद्युत विस्तारको योजना ठेकेदारले अलपत्र पारेपछि ३ सय ७६ पोल श्रमदानबाट बिस्तार कार्य तीव्र छ। तार र पोल ढुवानीमा श्रमदान भएको वडाध्यक्ष ओझाले बताए। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा ठेकेदारले ढुवानी गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन। पटक पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि श्रमदानबाट काम गर्न बाध्य भएको वडाध्यक्ष ओझाले…

Read More

कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा तस्करीमा संलग्न ट्रक नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका सामानसहित १ ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो। शुक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ।

Read More

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।

Read More