Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा-नेपालगञ्जको सबै उडान रद्द गरिएको छ । काठमाडौँ-पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। योसँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहने छन्। गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ। यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान…

Read More

धनगढी: सशस्त्र प्रहरीमा हालै ११ एसएसपीको दरबन्दी थपिएको छ। सशस्त्र प्रहरीतर्फ थप ११ एसएसपीको दरबन्दीमा तीन प्राविधिक र आठ प्रशासनतिरका रहेका छन्। त्यस्तै प्राविधिकतर्फ इन्स्पेक्टरबाट डिएसपीमा तीनजना बढुवा भैसकेका। बढुवाको यो लहर हवल्दारसम्मै पुगिसकेको छ। अहिले त्यहाँ प्रशासन भन्दा प्राविधिकतिरका हाकिमहरुको पकड मजबुद छ। लुम्बिनीका डिआइजी विदुर खड्का भदौ १ मा घर जाने भएपछि पोखराबाट कालिदास धौबजीलाई पठाउने तयारी छ। पोखरामा गणेश ठाडामगर, कूलबहादुर नेम्वाङमध्ये एक जान जोरजुलुम छ। धौबजी प्राविधिक ओभरसियर र लामो समय सशस्त्रको मर्मत शाखामा बसेका व्यक्ति हुन्। राम्रै छविका उनी पहिला एकेडेमी, त्यसपछि पोखरा, अब लुम्बिनी जाने तयारी हुँदैछ। कर्णाली प्रदेशका इञ्चार्ज प्रदिपकुमार पाल पेट चिर्ने…

Read More

धनगढी: सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गरी आजदेखि नै काम गर्ने सहमति भएको हो। ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने र आयोगले आजदेखि नै काम प्रारम्भ गर्नेछ,’ सहमतिमा लेखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे…

Read More

धनगढीः कैलालीको धनगढीबाट एक युवतीसहित लागुऔषधमा संलग्न तीन जना पक्राउ परेका छन्। लागुऔषध, नाईट्रोभेट र स्पाससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। धनगढीको त्रिनगर भन्सार र पुरानो भन्सार नजिकबाट नाईट्रोभेट र पिस स्पास नामक लागुऔषधसहित दुई युवक र एक युवती पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट एक पत्ता नाईट्रोभेट र ८ वटा स्पाससहित गोदावरी नगरपालिका–१ का २६ वर्षीय अजय चौधरी र २२ वर्षीय सौरव खनाल मंगलवार साँझतिर पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै, मंगलबार साँझ नै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट तीनवटा नाईट्रोभेट र ३९ वटा स्पासहित…

Read More

धनगढी: धादिङको छहरा भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज बिहान काठमाडौंबाट पश्चिम आउँदै गरेको बस त्रिशुली नदीमा खसेको हो। प्रहरीका अनुसार पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले जानकारी दिए। उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ। ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ। पूरा विवरण एकछिनमा आऊला’, उनले भने, ‘हामी उद्धारमै छाैँ।’ प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ।

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी लडेर घाइते भएका छन्। उनी आफ्नै घरको आँगनमा चिप्लिएर घाइते भएका हुन्।मंगलबार उनी दिउँसो पालिकाकै कामका लागि घरबाट निस्किने समयमा हसुलियास्थित आफ्नै घरको आँगनमा लडेका थिए। लडेर घाइते भएका उनको दायाँ हात भाँच्चिएको छ। धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि अपरेसनका लागि मंगलबार साँझ नै उनलाई काठमाडौँ छ। उनको कुममा चोट लागेका बताइएको छ।

Read More

धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशकाे पहिलो अधिवेशन अगामी असाेजमा हुने भएकाे छ। मंगलबार धनगढीमा सम्पन्न भएकाे राष्ट्रिय युवा संघको प्रदेशकाे चाैँथाे बैठकले असाेज ३ र ४ गते अधिवेशन गर्ने निर्णय गरेकाे संयाेजक भरत मल्लले जानकारी दिए। अधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ। अहिले मल्लकाे संयाेजकत्वमा आयाेजक कमिटि रहेकाे छ।

Read More

कैलाली: माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ। माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानको लागि जिम्मेवारी तोकिएको हो। जस अनुसार खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ। व्यवस्थापनमा भट्टसहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन्।

Read More

बैतडी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बैतडीका सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। यसअघि ती स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए। सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ। यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद…

Read More