धनगढीः धनगढीमा एक सय रुपैयाँमै शाकाहारी खाना खुवाउने गरी अपि सैपाल थकाली खाना घर एण्ड क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले उद्घाटन गरेका छन् । धनगढी रङ्गशाला अगाडि बुधबारदेखि सञ्चालनमा आएको खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत खान पाइनेछ । बझाङको बुङ्गल नगरपालिका घर भएका सञ्चालक रामबहादुर बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घरमा शाकाहारी खाना एक सयमा, मटन र लोकल चिकेन खाना २५० मा, थकाली खाना ४२० रुपैयाँमा र खान कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य…
Author: महेन्द्रनगर पोष्ट
जाजरकोट: डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्केका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए । सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी…
कैलाली: कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन् । उनीहरु सबै एउटै गोलो घेरामा गोलवद्ध हुन्छन् । सबैले खुट्टाको चालमा चाल मिलाउँछन् । यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन् । गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन् । त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन् । शिवधाम अचेल देउडामय बनेको छ । देउडा खेलको दृश्य देख्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि नाचुँ…
डडेल्धुरा: डडेल्धुरामा ८३ वर्षीया वृद्धा मृत फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका८ मौरीकी जस्मादेवी कुँवर घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार उनमा मानसिक समस्या पनि थियो । शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
कञ्चनपुर: कञ्चनपुरमा मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ७ जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ स्थित बि.एन.पोलिक्लिनिक प्रा.लि.को माथिल्लो तलाबाट मंगलबार राति सञ्चालक डा.सागर केसीसहित सात जना पक्राउ परेका हुन् । जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए । उनले सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक परेको छ । चौधरीका ७२ वर्षीय बुवा जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पाल्पाः पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो। पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए। घाइतेलाई पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।
धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नआउने भएपछि समाजवादी मोर्चा नेपालकाे सन्देश सभा स्थगित भएकाे छ। धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएकाे हाे। माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शिर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए । सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज…
धनगढी: समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभा गर्दै छ। सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन्। सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए। मोर्चाले सातै प्रदेशमा सन्देश सभा गरिरहेका छन्।