Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : पूर्वस्वीकृतिबिनै अन्नपूर्ण टावर निर्माण गरेको पाइएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउने तयारी गरेको छ। प्राधिकरणले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा निर्माण भएका अग्ला संरचनाबारे अध्ययन गरेको थियो। प्राधिकरणका निर्देशक बाबुराम पौडेलले विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणबाट पूर्वस्वीकृति नलिएको पाइकाले प्राधिकरण ऐन २०५३ को दफा ७ को (घ) बमोजिम कारबाही किन नगर्ने भनेर तीन दिनभित्र प्राधिकरणमा जवाफ पेस गर्नसमेत निर्देशन दिएको बताए। प्राधिकरणको दफा ७ मा खण्ड (ग) बमोजिम तोकिएको सर्त बन्देजमा उल्लेखित उचाइभन्दा बढीका भवन, टावर, लठ्ठा, रुख वा अन्य कुनै कुरा निर्माण गर्न वा खडा गर्न, उचाइ बढाउन, उखेल्न वा काट्न प्रतिबन्ध…

Read More

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ मा किसानले लगाएको मकै बाली जंगली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ। बुधबार जंगली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पुर्‍याएको बताए। बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन्। जंगली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पुर्‍याएको छ। वडा कार्यालयका अनुसार करिब ५० लाख बराबर क्षति भएको छ। स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए। उनले भने, ‘जंगली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्, सखाप पारेर…

Read More

धनगढी: सुदुरपश्चिम प्रदेशका तत्कालीन निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई तथानाम गाली गरेको अडियो सार्वजनिक भएको छ। निमित्त निर्देशक भट्टले मन्त्री धामीले आफूलाई सरुवा गर्न खोजेको भन्दै अश्लील शब्द प्रयोग गर्दै गाली गरेको अडियो बाहिरिएको हो। उनले मन्त्री धामीमाथि तथानाम अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका छन्। भट्टले निर्देशनालयमा बस्दा काम पनि राम्रो नगरेको र विवादित भएको भन्दै वन मन्त्रालयले उनको सरुवा गर्न खोजेको स्रोतको दाबी छ। भ्रष्टाचार मुद्दामा सफाई पाएपछि तत्कालीन समयमा वन निर्देशक रहेका हेमराज बिष्टले जिम्मेवारी सम्हालेपछि आक्रोशित भएका भट्टले मन्त्रालयकै एक कर्मचारीलाई टेलिफोन गरेर धामीमाथि खनिएका हुन्। तर ती…

Read More

काठमाडौँ: कोसी प्रदेश सरकारले भदौ १ गते बस्ने प्रदेश सभा बैठकमा निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेस गर्ने भएको हो। बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीप सुनुवारले स्थानीय सेवाको गठन सञ्चालन सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस हुने जानकारी दिए। मन्त्री सुनुवारले भने, ‘लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भएर टुङ्गो नलागुञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृत भई सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग तथा निकायका ०८०-८१को अस्थायी सङ्गठन संरचना, दरबन्दी स्वीकृत सम्बन्धमा निर्णय गरेको हो।’

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका हुन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

Read More

काठमाडौं : चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए । काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । जङ्गी अड्डामा भएको उनीहरुबीच शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

Read More

डडेल्धुरा : बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो। उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए। नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ।

Read More

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो। उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीले जनाएको छ। सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सई पदका लागि १४३ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका १४३ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । सूचीः APF_SIDownload

Read More

काठमाडौँ : सरकारले त्रिभुवन विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी गरेको छ। बारम्बार सुरक्षामा त्रुटि भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्ने तयारी भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुधारका लागि कार्यदल बनाइने र सो आधारमा विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गरिने बताएका हुन्। विमानस्थलका निकायहरुबीच समन्वय नहुँदा सुरक्षामा त्रुटि भएको भन्दै आलोचना भएपछि सुरक्षा प्रबन्धमा हेरफेर गर्न लागिएको हो। प्रधानमन्त्रीले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको…

Read More