Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीमा जिप दुर्घटना भएको छ। बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका–२ बुहार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। जिप दुर्घटनामा चालक ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–२ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएको प्रहरीले बताएको छ। घाइते दुबै जनाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार थिए। जिप सडकबाट ६० मिटर तल खसेको थियो।

Read More

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो। दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो। गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय…

Read More

काठमाडौँ : यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारबाट प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको छ। नगर प्रहरीले अत्तरिया बजारका विभिन्न ठाउँहरूबाट झन्डै २ बोरी प्लास्टिकका माला र अन्य पूजा सामग्री बरामद गरेको हो। नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट २ बोरा प्लास्टिक जन्य माला समातेको हो। नगरपालिका तथा स्थानीय प्रशासनले कृत्रिम माला बिक्री वितरणमा रोक लगाएको हो।

Read More

धनगढी : कैलालीको स्थानीय प्रशासनले तिहारमा देउसी भैलोको समय राति ९ बजेसम्म सीमित पारेपछि एमाले निकट राष्ट्रिय युवा संघले आपत्ति जनाएको छ। युवा संघ कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको सो निर्णयको विरोध जनाएका हुन्। सँगै युवा संघले तिहारमा देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग माग गरेको हो। विज्ञप्तिमा भनिएको छ,‘आयातित विदेशी संस्कृतिको नाममा रातभरि गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने छ। नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस दीपावलीको अवसरमा खेलिने देउसी भैलोलाई राति १२ बजेसम्म…

Read More

डडेल्धुरा  : डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। शुभ दिपावलीको अवसरमा जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लको सहयोगमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो। मल्लले जयबाबा घटाल युवा क्लबको समन्वयमा अस्पतालका ६० जना बिरामीलाई फलफूल वितरण गरिएको जानकारी दिए। कार्यक्रममा मल्लकी आमा बसन्ती मल्लको सहभागिता पनि रहेको थियो। डडेल्धुराको अमरगढी नगरपालिका-४ घर भई हाल जापानमा रहेका मल्लले यहाँका गरिव, पीडित तथा समाजमा पछाडि परेका बर्गलाई सहयोग गर्दै आएका छन् ।

Read More

पोखरा : गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ। धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए। उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो। घर पूर्ण रुपमा जलेर सकिएको छ। जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ। उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

Read More

काठमाडौं : फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ। आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन्। आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए। त्यस्तै पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए। तर, कोही पनि उत्तीर्ण नभएको आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन। बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीलेजानकारी दिए। राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन। श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ। शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो।

Read More