Author: महेन्द्रनगर पोष्ट

काठमाडौ : प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए। चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो । “अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ”, उनले भने, “दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ  दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए।

Read More

महेन्द्रनगर: क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै आएका छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ। “क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो।” बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, “खेलमा उसको प्रगति देखेर हामी…

Read More

दार्चुला: दार्चुलामा एउटा मानव कंकाल भेटिएको छ। हिजो(शुक्रबार) दुहुँ गाउँपालिका-४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेर बस्ने ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ। उक्त कंकाल स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा फेला पारेका थिए। स्थानीयहरुले कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ । उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए। उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको थियो। गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन्। घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बाजुरा : बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिइन्छ।  यो मेला तीन दिनदेखि पाँच दिनसम्म लाग्छ। यो वर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन्। बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका रूपमा अनन्ते पर्वलाई लिने गरेको छन्। महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरले विजयी उत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन्। 

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित महिला पक्राउ परेकी छिन्। दुई किलो ७०० ग्राम सुनसहित फिलिपिनी महिला पक्राउ परेको विमानस्थलले जनाएको छ। शुक्रबार साँझ ७ः२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको बताइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी-८ का ३३ वर्षीय सागर ठगुन्ना शुक्रबार साँझ पक्राउ परेका हुन्। प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: आर्थिक लेनदेन विवादको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन्। छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ। भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो। ‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।

Read More

कञ्चनपुर: कञ्चनपुरस्थित महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने एक किशोरी मृत फेला परेकी छिन्। दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का आफू बस्ने कोठामा मृत फेला परेकी हुन्। उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको धनगढीबाट बेपत्ता भएका २ बालक अझैसम्म पनि फेला परेका छैनन्। हिजो(शुक्रबार) धनगढी उपमहानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय विप्लप बम बेपत्ता भएका थिए। उनीहरुका आफन्तहरुले खोजतलासका लागि  जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। त्यसपछि खोजतलासको काम जारी रहेकोमा हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले बताइरहेको छ। दुवैजना ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत छन्। उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

Read More