Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ। सरकारले आज शोक बिदा दिने निर्णय गरेको छ। शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने बताइएको छ। नेवाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो। 

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी  भूभागका  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। राति भने कोशी,  मधेस,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक–दुई  स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

धनगढी: डडेल्धुरामा अटो दुर्घटनामा परेको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका-१ मेलखर्क नजिक बुधबार साँझ अटो दुर्घटनामा परेको हो। कैलालीको अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटो दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार दुर्घटनामा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशब महराको मृत्यु भएको हो। यस्तै अटोमा सवार बिरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।

Read More

रूपन्देही : हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर भोलि बिहीबार मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ । बुधवार बेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मिक अवतरण गरिएको थियो । हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पाइलट, इञ्जिनियर र दुईजना यात्रुसहित चार जना सवार रहेको प्रहरीले बताएको छ । एकरात भालुबाङस्थित होटल पौवामा बास बस्ने र भोलि बिहीबार मात्रै हेलिकप्टरले उडान भर्ने जनाइएको छ । हेलिकप्टरमा पाइलट दिलिप थापा, इन्जिनियर अरुण चौधरी, भारतीय मूलका…

Read More

काठमाडौं : नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेपछि ध्यानाकर्षण गराएको छ । केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पोसाकमा सांगठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा…

Read More

काठमाडौँ : ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ । ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो । जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको जानकारी दिए ।

Read More

डडेल्धुरा: प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कमाण्ड सम्हालेका छन्। डडेल्धुराका डीएसपी मनोहरप्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट सरुवा भएका कार्कीले डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका हुन्। आइतबारदेखि डडेल्धुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान थाल्ने बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा डीएसपी कार्कीले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि आफूले विशेष ध्यान दिने बताएका हुन्। उनले जिल्लामा हुने जुवातास नियन्त्रणमा पनि सूचना पाउने बित्तिकै एक्सन लिने उनको दाबी छ। जिल्लामा ट्राफिक व्यवस्थापन तथा…

Read More

कञ्चनपुर : कञ्चनपुरबाट एक युवतीको उद्धार गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी ती युवतीको उद्धार गरिएको हो। बुधबार शुक्लाफाँटाका नगरप्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको छ। ती युवती दुई हप्तादेखि सडकमै बस्दै आएकी थिइन्। उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगरप्रमुख महराले बताए। नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई एक लाख सहयोग समेत गरेको थियो।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये घुस-रिसवत तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी पुनरावेदन गरिएको हो । उक्त मुद्दामा नवीन शर्मा, शिव शङ्कर पोख्रेल, भुवान सिंह ठकुरी, नन्द सिंह ठकुरी र टिका वली प्रतिवादी रहेका छन् ।

Read More