काठमाडौँ: तेक्वान्दोका ओमम्पियन समेत रहेका खेलाडी दिपक विष्टलाई सम्मान गरिएको छ। अमेरिकाको एक राज्यले विष्टलाई सम्मान गरेको हो। अमेरिकाको कनेक्टिकट राज्यबाट विष्टले प्रमाणपत्रसहित सम्मान प्राप्त गरेका हुन्। विष्टले सो सम्मान पाएपछि गर्व महसुस भएको बताए। खेल क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मानित गरिएको हो। विष्ट सुदूरपश्चिमको (कंचनपुर) घर भएका खेलाडी हुन्।
Author: महेन्द्रनगर पोष्ट
बाजुरा: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल…
धनगढी: भारतमा चोरीको एक करोड रकमसहित ९ जना नेपाली पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रमा ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ। उनीहरुले सोमवार राति दिल्लीबाट उक्त मात्रामा पैसा चोरेर ल्याएकोमा मंगलवार राति पक्राउ परेका बताइएको छ। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई समेत विस्तृत विवरण दिएको छैन। पक्राउ परेकाहरुमध्ये बाजुरा, अछाम र बझाङका रहेको पाइएको छ। सशस्त्र सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले पनि भारतीय प्रहरीले चोरी गरेको पैसासहित नेपाली पक्राउ परेको जानकारी आएको बताए। यस्तै, उनले त्यहाँको प्रहरीले उनीहरुलाई समातेकाले नेपालको सशस्त्रसंग समन्वय नगरेको बताए।
काठमाडौं: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको विषयमा छलफल भएको छ। दार्चुलामा हिजो उक्त विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको हो। केही समयअघि महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको थियो। छलफलमा आफ्नो पक्षबाट कमजोरी भएको भारतीय पक्षले स्वीकार गरेकाे छ। र, आगामी दिनमा यस्तो अवस्था दाेहाेरिन नदिन गम्भीर रहेको उसले बतायो। छलफलबाट एक-आपसमा सम्पर्क, समन्वय बढाउनुपर्ने दुवै पक्षले निश्कर्ष निकालेको थियो। दार्चुलापारी एसएसबीको दादागिरी, बर्दिधारीलाई छुट, जनप्रतिनिधिलाई अवरोध
दार्चुला: दार्चुलाको नेपाल-भारत जाेड्ने झाेलुङ्गे पुलबाट एक जनाले महाकाली नदीमा हाम फालेका छन्। महाकाली नगरपालिका-४ पुलघाट स्थित नेपाल-भारत जाेड्ने बीच पुलबाट महाकालीमा हाम फालेकाे एक प्रत्यक्षदर्शीले बताए। उनकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खाेजी गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले उनीसँग पहिचान पत्र मागेकाे तर उनकाे साथमा कुनै परिचयपत्र नभेटिएकाले उनलाई नेपाल फर्काएकाे बताइएको छ। त्यसपछि उनले पुलबाट महाकाली नदीमा हाम फालेकाे खुलेको छ।
काठमाडौं: सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी नायिका एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किन लागेको बताइएको छ। राजीनामा अस्विकृत भएपछि एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किने पार्टीका संरक्षक रेसम चौधरीले जानकारी दिएका छन्। गौतम असोज १२ र १३ गते हुने केन्द्रीय समितिको बैठकमा समेत सहभागी हुने चौधरीले बताए। गत असार २ गते धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र आगामी दिन समाजसेवामा सक्रिय हुने बताएकी थिइन्। गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।
कैलाली: भारतमा चोरी गरेर नेपाल छिरेका ३ नेपाली गौरीफन्टाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का रहेका छन् । उनीहरुले आफै काम गर्ने भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेका थिए। उनीहरुलाई ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ।
टीकापुर: सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गाईको मल बिक्री थालेको छ। यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो। गौशालाले २० किलो र २५ किलोका रुपमा प्रतिकिलो १२ मा मल बिक्री थालेको छ। विगतमा चार हजार प्रतिट्रालीका हिसाबले बिक्री हुन्थ्यो। अब ट्राली लिनेका लागि पाँच हजार शुल्क तोकिएको छ। गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई चिर्दै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताछन्। “थोरै लिनेलाई पनि सहज होस् भनी किलोका हिसाबले टीकापुरस्थित घण्टाघर नजिकैबाट बिक्री गर्न थालिएको हो”, जोशीले…
काठमाडौं: आफैले असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ । महानगरले उनीहरुलाई ३० दिनका लागि निलम्बन गरेको हो। महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भएपनि उनीहरुले आफूखुसी फुली लगाएर हिँडेको भेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ ।
दार्चुला: पर्यटन प्रवद्र्धनका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको हो। टिकटक प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई ७ हजार र अन्य ५ जना उत्कृष्ठलाई ३ हजार रुपैयाँका दरले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए। टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई ट्याग गरी १ असोज १ बिहान ८ बजे पछि सार्वजनिक गर्नुपर्ने नियम छ। टिकटकमा अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ। टिकटक बनाउँदा अपिहिमालको मौलिकता झल्किने गरी आफ्नै…