बैतडी : बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको उनले बताए । पक्राउ परेका साउँदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो । त्यसैगरी, मन्त्रीहरू, विदेशी राजदूतहरूलगायतको पनि सहभागिता थियो । त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ पनि अनुपस्थित थिए । राष्ट्रपति कार्यालयका अनुसार उनीहरू सबैलाई आमन्त्रण भने गरिएको थियो ।
काठमाडौं: काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा भोलि बिदा दिइएको छ। पालिकाले आज निर्णयअनुसार भोलि बिदा दिइएको हो। पालिकाले एक सूचना निकाल्दै भोलि बिदा दिइएको जनाएको छ। आज संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको र विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएकाले बिदा दिइएको जनाइएको छ। भोलि नगरपालिका र नगरभित्रका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरु बन्द हुनेछन्।
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटोजस्ता नदीजन्य पदार्थको उत्खनन्मा प्रतिबन्ध लगाएको हो । महाकाली नदीको ‘इन्भारोमेण्टल इम्प्याक्ट एसेसमेण्ट, ईआइए’ को अध्ययन सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरिरहेको र अन्य नदी तथा खोलाहरुको हकमा ‘आईईई रिभ्यु’ भइरहेकाले त्यस्ता कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म उत्खनन्, संकलन र बिक्री वितरण गर्न नपाइने स्पष्ट पारेको छ । ‘भीमदत्त नगरपालिका क्षेत्रअन्तर्गतका नदी तथा खोलाहरुमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटो) उत्खनन, संकलन र बिक्री वितरण गर्ने…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम फेर्ने निर्णय गरेको छ। विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो। माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ। पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ। माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)…
बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाले नगर भित्रका अतिविपन्न २ सय परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।संबिधान दिवसको अवसर पारेर नगरपालिकाले नगरभित्रका अति विपन्न नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गरेको हो ।आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या झेलिरहेका गरिव तथा बिपन्न परिवारलाई लक्षित गरी निशुल्क स्वास्थ्य बिमा गर्न लागिएको नगरपालिकाले जनाएको छ । दिवसको अवसरमा आज जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका बडीमालिका ७ का नयन नेपालीको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । संबिधान दिवसका अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण संगै स्वास्थ्य सेवाबाट बञ्चित रहेका बिपन्न गरिव परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने नगरपालिकाले जनाएको छ । नगरभित्रका नागरिक…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको बर्खिलाप रहेको उनको जिकिर छ । शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गरेका छन् । ‘विद्यालय शिक्षा बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन् ।’ तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन उनको आग्रह छ । यस्ता अवरोध पुर्याउनेलाई कानून र संविधानअनुसार कारबाही गर्ने चेतावनी शाहले दिएका छन् ।
डडेल्धुरा : डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। दिवसको अवसरमा बुधबार बिहान संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकामको बागबजारदेखि तुफानडाँडा चोकसम्म प्रभातफेरी निकालिएको थियो। उक्त प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय डा ताराप्रसाद जोशी र सरस्वती खड्काका साथै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो। तुफानडाँडामा भएका कोणसभा कार्यक्रममा संविधान दिवसकै अवसरमा मंगलबार आयोजित भलिबल प्रतियोगिताका विजेता खेलाडीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। प्रतियोगितामा सरकारी कर्मचारी टिमको विजेता र…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।
काठमाडौं : अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८ हजार ८४९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको पाईएको हो । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसक्दा र भुक्तानीका लागि काटिएका चेक समयमा नै नसाटिएर बाउन्स हुँदा कालोसूचीमा पर्नेको संख्या बढी छ । औसतमा दैनिक कालोसूचीमा पर्नेको संख्या १४७ छ । कालोसूचीमा परेका ८ हजार ८४९ व्यक्ति तथा कम्पनीमा १६९ व्यक्ति तथा कम्पनी लघुवित्त कालोसूचीमा परेका छन् भने बाँकी सबैलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र सहकारीको सिफारिसमा कालोसूचीमा परेका हुन् । कर्जा…