Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: दक्षिण कोरियामा रजत पदक जित्ने डडेल्धुराका निरज देउवा सम्मानित भएका छन्। सुदूरपश्चिम समाज, दक्षिण कोरियाले एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मानित गरेको हो। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। हिजो (सोमबार) राति सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले उक्त सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकास्थित डोकेबजारको परासन चौकी पछडीबाट सामान बरामद गरिएको हो। करिब २ लाख ५० हजार मूल्य बराबरको कपडा, बिडी, र सुर्ती जंगलमा लुकाएको अवस्थामा फेला पारी बरामद गरिएको र थप कारबाहीका लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले लागुऔषधसहित ३ युवायुवतीलाई पक्राउ गरेको छ। हिजो (सोमबार) धनगढी उप-महानगरपालिका-८ क्याम्पस चोक नजिकबाट धनगढी-१७ बस्ने वर्ष ३१ का पप्पु राना र धनगढी-३ बस्ने वर्ष १९ की करिष्मा छेडाललाई पक्राउ गरिएको हो। आरआइटीले उनीहरुलाई शंका लागि चेकजाँच गर्दा ३ ग्राम खैरो हिरोईन फेला परेको जनाएको छ।यस्तै धनगढी उप-महानगरपालिका १५ कनरीबाट बेलीका १८ वर्षीय प्रदिप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई  शंका लागि चेकजाँच गर्दा ३१० मिलिग्राम खैरो हिरोईन फेला परेको थियो। अहिले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: महेन्द्रनगरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देबकोटामाथि आक्रमण गरेको प्रकरणमा ६ जना प्रहरी हिरासतमा पुगेका छन्। आक्रमणको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेकामध्ये ६ जनाले हिजो (सोमबार) प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार आत्मसमर्पण गर्नेमा कमल रोकाया, प्रविण बोगटी, केशव चन्द, नविन चन्द, रोहितजंग कुँवर र लेखान्त (क्षेत्री) बुढा रहेका छन्। २७ साउनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा देबकोटामाथि एमाले जिल्ला कार्यालयमै आक्रमण भएको थियो। निर्वाचन कमिटीमा रहेका देवकोटाको अहिले पनि काठमाडौंमा उपचार जारी छ। निराजन शाहलाई भने यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।शाहसहित हिजो आत्मसमर्पण…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रबार पक्राउ गरेको हो। कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्धामा २०७९ फागुन ४ गते २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। 

Read More

धनगढीः कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक श्रावण ३१ गतेदेखि बेपत्ता रहेका थिए। आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमाबुवालाई भट्न भनि हिनेका थिए। उनीहरुको आमाबुवा भारतमा रहेका छन्। कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुवै जना १२ वर्षीय हुन्। आफन्तका अनुसार उनीहरुलाई पलियाबाट आज सकुशल उद्दार गरिएको छ।

Read More

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६० लाख नगद शुक्रवार भेटिएको थियो।  आइतबार दिउँसो २ बजे  कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको  १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा परेको थियो।

Read More

कैलाली: करेन्ट लागेर कैलालीमा ७ वर्षीय बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो। आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गउ करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

बीरगञ्ज: सशस्त्र प्रहरी बल बाराको टोलीले २ नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरेको छ । बाराको देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पनि पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १२ गणमातहतको बीओपी दक्षिणझिट्कैयामा नजिकै बच्चाहरु रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको बताइएको छ । बालबालिकालाई अभिभावकलाई जिम्मा लगाइएको छ ।

Read More

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवनका ३१ वर्षीय वीरबहादुर विश्वकर्माको शव दैलेखमा फेला परेको छ। व्यापारकालागि साउन २१ गते कैलालीबाट दैलेख गएका उनी २९ गते देखी परिवारको सम्पर्कमा थिएनन्। विकको शव दैलेखको भगवती माई गाउँपालिका–१ को भेरी खोलामा हिजो (शनिवार) कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किशोर लम्सालले बताए। शवको पोस्टमार्टम गरि विकका आफ्नतलाई जिम्मा लगाइसकेको डिएसपी लम्सालले जानकारी दिएका छन्। खोलाले बगाएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। “व्यापारका लागी खोला पारीको गाउँमा जाने क्रममा बगेको हुन सक्छ। खोला धेरै ठाडो छ। बगाउने क्रममा टाउकामा चोट लागेको होला भन्ने हाम्रो प्रारम्भिक अनुमान हो।…

Read More