Author: महेन्द्रनगर पोष्ट

कैलाली: सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। ३ दिने स्पष्टिकरण सोधिएकोमा दिन कटेपछि भट्टको राजीनामा पत्र आएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो। त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका- १ का पहिरो पीडित विगत केही समयदेखि विद्यालयमा बसिरहेका थिए। मालागाँउ र भोकागाउँका २२ परिवार साउन ८ गतेदेखि जनज्योति आधारभूत विद्यालयमा बसोबास गरिरहँदा विद्यालयको पठनपाठन प्रभावित बनेको थियो। तर, हिजो उनीहरुलाई टेन्ट बनाएर नजिकको सुरक्षीत टाँक भन्ने स्थानमा सारिएको छ। गृह मन्त्रालयले प्रदेश सरकारमार्फत जिल्ला दैवीप्रकोप उद्दार समितिलाई पठाएको २२ टेण्ट सुरक्षीत स्थानमा लगाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो। उनीहरुको स्थानान्तरण गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का र जिल्ला सुरक्षा समितिको टोली पहिरो प्रभावित गाउँमा पुगेको थियो। पीडित परिवारलाई रुडुक डडेल्धुराले ४२ वटा कम्बल र २२ बाल्टिनसमेत हस्तान्तरण गरेको छ। यस्तै एमपिडिएस र आस्था नेपालले २२…

Read More

बैतडी: गौरा पर्वको तिथीका विषयमा विवाद कायम रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ। नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।  गौरा पर्वका विषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ। कतिपय ज्योतिषहरुले यो वर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन्। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ।  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८०…

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित…

Read More

धनगढी: नेपाली सेनाका एक दर्जनभन्दा बढी सिपाही लापता भएको पाइएको छ। करिब एक महिनाको पिरियडमा एक दर्जन बढी सिपाही कर्मचारीहरु गायब भएका हुन्। स्रोतका अनुसार उनीहरु कोही भागेर त कोही बिदा मागेर सम्पर्कविहीन भएका हुन्। यसरी सम्पर्कविहीन हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–४, तिरतिरेका भीमबहादुर बस्नेतका नाति एवं डिल्लीबहादुरका छोरा सुजन बस्नेत रहेका छन्। उनी आफ्नो घरमा समस्या भएको भन्दै असार २२ गतेदेखि छुट्टी गएकामा थिए। ब्याच नम्बर ३०७८८१ भएका उनी असार २९ गते हाजिर हुनुपर्ने थियो। त्यस्तै, संखुवासभाको सिलिङचोङ नगरपालिका–९, सिसुवाखोला घर भएका सिपाही दीपक कुलुङ पनि लापत्ता छन्। असार ४ गतेबाट ३० दिन छुट्टीमा बसेका उनी साउन २ गते कार्यालयमा…

Read More

काठमाडौं : राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ। आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन्। जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ। बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ। निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य…

Read More

धनगढी: धनगढीमा आज बजार अनुगमन गरिएको छ। आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय कैलाली, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली, सुरक्षा निकाय लगायतको टोलीले बजार अनुगमन गरेको हो। धनगढीका विभिन्न बजार अनुगमन गरिएकोमा आज धनगढी उपमहानगरपालिका १३ स्थित शिवसुदिप किराना पसलबाट करिब ८५ प्याकेट प्रतिबन्धित सुर्तीजन्य सामग्री बरामद गरिएको बताइएको छ। अनुगमन टोलीका अनुसार फेला परेको सुर्तीजन्य सामग्री बरामद गरिएको छ भने सो पसललाई पहिलो पटकका लागि १० हजार जरिवाना गरिएको छ। यस्तै अनुगमन भोलिदेखि निरन्तर हुने जनाइएको छ।

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेलको भाउ एकै पटक १४ रुपैयाँ बढ्योनेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक १४ रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी एकै पटकमा १४ रुपैयाँ वृद्धि गर्ने…

Read More

काठमाडौं – मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएकोमा खुला गरिएको बताइन्। ‘कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भनिन्। जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ। त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्रिष्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो भदौ ३० गते अमेरिका जाने भएका छन्। अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो। आज मङ्गलवार सम्पादकहरूसँगको छलफलमा उनले १६ सेप्टेम्बर (भदौ ३०) मा अमेरिकाको न्यूयोर्क जाने बताए। अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ। २१ सेप्टेम्बरमा सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए। २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ।

Read More