Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज (शनिबार) जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको हो। कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ। एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाई छ। संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको बुढीतोलामा भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलामा वर्षा भएपछि सडक फेरि अवरुद्ध भएको हो। शनिवार बाट खाली ट्रक र टिप्पर गन्तव्यतिर पठाइएको थियो। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपनि वर्षाका कारण यातायात सञ्चालन गर्न सकिएको छैन। गत सोमवार राति राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ।

Read More

काठमाडौँ : अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

Read More

बझाङ : बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ । उनी शुक्रबार वेलुका मौरीबगरबाट नुहाउने क्रममा बगेर बेपत्ता भएका करिब ३१ वर्षीय प्रकाश बम रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान देउरा तर्फबाट स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव प्रहरीले उद्दार गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

Read More

बैतडी : बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । पहिला पहिला आत्महत्याका एकाध घटना हुने भएपनि पछिल्ला केही बर्षयता आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेका प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २५ दिनमा ५ जनाले आत्महत्या गरिसकेका छन् । यो महिनामात्रै ३ महिला र २ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । यस्तै आर्थिक बर्ष…

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए। “युवाले नै नेपालको रुपान्तरण गर्ने हो। विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सुक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्, “अर्थमन्त्री डा महतले भने, “युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ। युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही…

Read More

काठमाडाैं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली राजनीतिका शीर्ष नेताहरूलाई कटाक्ष गरेका छन् । उनले शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै व्यङ्ग्यात्मक कविता लेखेका छन् । उनको कविता यस्तो छ मलाई नेता मनपर्दैन,तिमीलाई नि त मनपर्दैन,मलाई एउटा मन पर्दैन,तिमीलाई यी त मनपर्दैन,तिमीलाई केपी ओली मनपर्छ,मलाई बोली मन पर्दैन,तिमीलाई शेरबहादुर मनपर्छ,मलाई टोली मन पर्दैन,तिमीलाई प्रचण्ड मनपर्छ,मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।मलाई देश मनपर्छ,तिमीलाई के मनपर्दैछ ?

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्ध कसको लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली देश विकासको मार्ग चित्र विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्ध कसको विरुद्ध लडिएको थियो भन्ने प्रश्न पनि गरेका छन् । उनले भने ‘ माओवादी हिंसा द्वन्द्व युद्ध जनयुद्ध लडिएका कसको लागि थियो ? कसको विरुद्ध ? पिरोलिएको थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता ,मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए । ’ अध्यक्ष ओलीले माओवादी सशस्त्र…

Read More

कर्णाली: कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा बेदुराम भुसाललाई लागो हस्तान्तरण गरेका हुन् । उक्त लोगो ग्रहण गर्दै मन्त्री डा।भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । “कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल मकवानपुरका एसपी अनिल कार्कीमाथि १० लाख रुपैयाँ डिलमा संलग्न रहेको भन्दै छानबिन थालिएको छ । उनीविरुद्ध उजुरी छानबिन गर्न आइजी राजु अर्यालले सीमा सुरक्षा बिभागका डिआइजी गणेश ठाडा मगरलाई पठाएका छन् । कार्कीले मधेशबाट अवैध तरिकाले राजधानी र पोखरासम्म विभिन्न सामान पुर्याउँदै आएका तस्करसँग डिल गरेको उजुरी पर्नासाथ मुख्यालय हलचोकले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । प्राप्त समाचारअनुसार कार्कीले तस्करहरुको प्रस्तावबमोजिम बेरोकतोक सामान बोकेका सवारी साधन छाडिदिने वचन दिएका थिए । त्यसको निम्ति १० लाखको डिल भए पनि पाँच लाख ५० हजारमा कुरो मिलाइएको आरोप थियो । त्यही कुरो मिलेको साढे पाँच लाख रुपैयाँ कार्कीले…

Read More