Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् । स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले आफूले केही नबिराएको र कुनै अनुचित काम नगरेको बताएका हुन् । ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने,’ उनले भनेका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको…

Read More

कैलाली: कैलालीमा टिप्परले विङ्गरलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

दार्चुला: दार्चुला सदरमुकाम खलंगाको आकाशमा केही दिनदेखि भारतीय निजी कम्पनीको हेलिकोप्टरले चक्कर लगाइरहेको छ । सो हेलिकोप्टर खलंगा हुँदै उत्तरपश्चिम कालापानी क्षेत्रतर्फ गइरहेको हो । खलंगास्थित नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको हो । दार्चुलाकी सीडीओ किरण जोशीले लगातार भारतीय हेलिकोप्टर देखिन थालेपछि पिथौरागढका डीएमलाई लिखित पत्र पठाएर ध्यानाकर्षण गराएको तर, केही जवाफ नआएको बताइन् ।

Read More

कञ्चनपुर: अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सतह बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए । उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका(७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो । “घरभित्र पानी पसेपनि डुबान नै भएर…

Read More

काठमाडौँ: सल्यानमा आफ्नै छोराले लाठीले हान्दा आमाको मृत्यु भएको छ । प्रहरीका अनुसार छोराको लाठी प्रहारबाट शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको मृत्यु भएको हो । शारदालाई बिहान ४ बजे उनका २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेका बेला लाठीले टाउकोमा प्रहार गरेका र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

रोल्पा: रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना भएको छ । मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेहरूको उद्धार भइरहेको रोल्पा प्रहरीले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

Read More

इलाम: इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको…

Read More

बाजुरा: बाजुरामा ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार वैशाखयता ३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका दुई जना खप्तड छेडेदह गाउँपालिका र एक जना सदरमुकाम मार्तडीका रहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए । सदरमुकाम मार्तडी र कोल्टी डेंगुको उच्च जोखिममा रहेकोले विशेष सर्तकता अपनाउनुपर्ने उनले बताए ।

Read More

कैलाली: नेपाली काँग्रेस गोदावरी नगरपालिका-१ कैलालीका क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डेय (आगो) कारबाहीमा परेका छन् । उनलाई पार्टीको जिल्ला कार्यसमितिले महत्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको हो । पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ । उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ ।

Read More

कैलाली: कैलालीमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-८ बढैपुरका हावा चौधरीकी २३ वर्षीया छोरी अनिता चौधरीको ट्रकले किच्दा मृत्यु भएको हो । प्रहरीका अनुसार उनी आज बिहान २ बजेतिर गौरीगंगा-८ बढैपुरस्थित पूर्व पश्चिम राजमार्गमा टाउकोमा चोट लागेर गम्भीर घाइते भई बिच सडकमा पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । मृतक चौधरीको टाउको किचिएको अवस्थामा रहेको सेती अस्पतालबाट बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विगत ३/४ वर्षदेखि उनको मानसिक अवस्था ठिक नरहेको र राति १२ बजेको समयमा उनी घरबाट निस्केकी खुल्न…

Read More