कैलाली: नेपाली काँग्रेस गोदावरी नगरपालिका-१ कैलालीका क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डेय (आगो) कारबाहीमा परेका छन् ।
उनलाई पार्टीको जिल्ला कार्यसमितिले महत्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको हो ।
पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ ।
उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ ।
Facebook Comments Box