Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीका तीन व्यापारिक फर्म कारबाहीमा परेका छन् । धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले शुक्रवार तीन ओटा व्यापारिक फर्मलाई जरिबाना गराएको हो । अनुगमनका क्रममा धनगढी-७ मनेहरास्थित नम्रता ट्रेड लिंकमा म्याद गुज्रेको पेन्ट (कलर) पाइएको थियो । उक्त फर्मलाई पहिलो पटकका लागि न्यूनतम एक हजार रुपैयाँ जरिबाना गराइएको छ । सोही ठाउँको न्यू केदारनाथ हार्डवेयरमा म्याद सकिएको पेन्ट र आफै एमआरपी मूल्य सच्याएर लेखेको पाइएकोमा त्यहाँ पनि एक हजार रुपैयाँ जरिबाना गराइएको छ । मनेहराकै न्यू देवकी जनरल स्टोरमा दर्ता नगरी मदिरा बिक्री वितरण गरेको पाइएकोमा एक हजार रुपैयाँ जरिबाना गराइएको छ । अनुगमन टोलीले व्युटीपार्लर, हार्डवेयर, होटेल, किराना…

Read More

दमौली: तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई दमौली अस्पतालमा राखिएको र सनाखतको प्रयास भइरहेको प्रहरीको भनाइ छ । ठगी आरोपमा फरार पक्राउजिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद…

Read More

डोटी: डोटीमा ट्याक्टरमा काठ ढुवानी गरिरहेको अवस्थामा चालक पक्राउ परेका छन् । चालक जोरायल गाउँपालिका-२ बजिलेकका डम्मर थापा काठसहित पक्राउ परेका हुन् । वन कार्यालयले सु.प.प्र.०१००२ त ५८३४ नम्बरको ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित उनलाई नियन्त्रणमा लिएको हो । काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय बुडरको नियन्त्रणमा रहेको बताइएको छ ।

Read More

बागलुङ: बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ । पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । “शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो रु पहिचान गर्न सकिएको छैन”,…

Read More

मलेखु: मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । त्यसैक्रममा १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताए । पटकपटक जबर्जस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा…

Read More

काठमाडौँ: आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे ९सन् २०२३–३२० कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी…

Read More

कञ्चनपुर: भारतीय भूभागमा भएको ठूलो वर्षाका कारण महाकाली नदीको जलस्तरले सतर्कताको बिन्दु नाघेको छ। महाकाली नदीको जलस्तर बढेपछि महाकाली नदीमाथि बनेको शारादा व्यारेजमा चार पांग्रे सवारी आवतजावत बन्द गरिएको छ। नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि आवत जावत बन्द गरिएको हो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ र। परिगाउँमा अहिले ५.८७ मिटर पानीको बहाव छ। सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो। रर

Read More

धनगढीः धनगढीमा दुई वटा मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहराका ३० वर्षीय हरिचन्द्र जोशीको घरमा पार्किङ्ग गरीराखेको सुदूरश्चिम प्रदेश ०१००८ प ९१३० नम्बरको मोटरसाइकल गएराति चोरी भएको हो। रातो कलरको २ सय सीसी अपाची मोटरसाइकल चोरी भएकाले देख्ने वा कसैको सम्पर्कमा भए ९८४०१६९७२९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने रामबिर चौधरीको से ७ प ४२७५ नम्बरको कालो कलरको १५० सीसी पल्सर मोटरसाइकल १२ गते राति आफ्नै घर अगाडि राखेको अवस्थामा हराएको हो। उक्त मोटरसाइकल कतै देख्नेले नजिकैकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।  

Read More

डडेल्धुरा: जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ। शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेल्धुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ। जलसतह बढ्दो क्रममा रहेकाले डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Read More

चितवन: कालीखोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान ७ बजे फेरि पहिरो खसेको हो। पहिरोले आवगमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु अलपत्र परेका छन्। गएराति पहिरोका कारण रोकिएका सवारी साधान गन्तव्यतिर जान नपाउँदै फेरि पहिरो खसेको हो। गएराति कालीखोलामै पहिरो खसेको थियो। जसले गर्दा रातभर आवतजावत बन्द भएको थियो। पहिरो पन्छाएर यातायात सुचारु भएसँगै फेरि पहिरो गएको हो। पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए।

Read More