Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिएर फरार भएको बस बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति १ बजे दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ हरिचन मोडमा बसले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो। बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए। धनगढीबाट दार्चुलातर्फ गइरहेको गाडीले महरालाई ठक्कर दिएको थियो। बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई…

Read More

काठमाडौं: एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो। नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ। यसअघि २ सय ७८ रनसम्म बनेको थियो। यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले ९ बलमै अर्धशतक पुरा गरेका थिए। कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरे।…

Read More

काठमाडौं: चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको खेलमा विश्व कीर्तिमान बनेको छ। नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन्। टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे। यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए। यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए।

Read More

डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो। ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाले बताए। त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए। अब आयोगले कात्तिक १८ गते इन्ट्रान्स लिने र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको ओझाले जानकारी दिए। माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ। त्यसका लागि १० जनाको सिट पनि निर्धारण गरिएको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वन क्षेत्रमा मंगलबार जंगली हात्ती देखिएका छन्। मंगलबार बिहान नगरपालिका- १ स्थित जनज्योति सामुदायिक वनमा जंगल हात्ती देखिए समूहका सहसचिव नवराज अवस्थीले जानकारी दिए। उनले गणेशपुर, बंकका उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्। यस्तै शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वैजनाथ सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखिएका जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत बेल्डाँडी, सुन्दरफाँटा, भमरभोज, कालापानीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Read More

काठमाडौं: नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ। प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा  अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।

Read More

काठमाडौं: १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ। चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ। यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ। यसैगरी भारत तीन…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो। उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सम्पर्कविहीन हुने प्रहरीको सूची

Read More

बैतड: बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। हिजो राति जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ। ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएको एक स्थानीयले बताए। महराको शव बीच सडकमै रहेको छ। राजमार्ग…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More