Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीका एक युवकमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ। बुधवार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ। टाउको र खुट्टामा चोट लागेकाले उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए। सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ।  आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना…

Read More

काठमाडौं : नेपालस्थित स्विट्जरल्याण्ड दूतावासका कार्यवाहक राजदूत नेतृत्वको टोली सुदूूरपश्चिमको धनगढी पुगेको छ । टोली आजै बिहान पौने ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यता गएको थियो । छ जनाको टोलीमा दूतावासको तर्फबाट तीन जना र स्वीस एजेन्सी फर डेभलपमेन्ट कर्पोरेसन (एसडीसी) का तर्फबाट तीन जना छन् । उनीहरु बिहान धनगढी पुगेपछि होटल रुबसमा झोला राखेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटघाट गर्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । बिहान ११ बजेदेखि १२ बजेसम्म भएको भेटपछि टोली मध्यान्ह महेन्द्रनगर प्रस्थान गरेको थियो । दिउँसो साढे १ बजेदेखि २ बजेसम्म शुक्लाफाँटास्थित जंगल रिसोर्टमा लञ्च खाएर उनीहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गरेको बताइएको छ…

Read More

काठमाडौं : काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको हो । दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ । टाउको र खुट्टामा चोट लागेका उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको नम्बर ७, हेडक्वार्टर सिरहाले पछिल्लो एक वर्षमा साढे चार करोड रुपैयाँ बढीको चोरीपैठारीका सामान बरामद गरेको छ । गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले ४ करोड ५५ लाख २८ हजार ३३६ रुपैयाँ बराबरको सामान पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक भएको छ । सशस्त्रले सबैभन्दा बढी अवैध कपडा पक्राउ गरेको जनाएको छ । जसअनुसार गत आर्थिक वर्षमा एक करोड ५९ लाख १० हजार ९६४ रुपैयाँको अवैध कपडा पक्राउ गरिएको हो । त्यस्तै ८९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको थियो भने ८९ लाख ६९…

Read More

महेन्द्रनगर : दार्चुलामा नेपाली सेनामा जागिर लगादिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले मङ्गलवार महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । त्यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका-३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ, सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर…

Read More

बैतडीः बैतडीमा दुई दशक यता अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड पाइने भएको छ। आज बिहान अमेरीकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिने जनाइएको छ। उक्त अवार्ड नेपाली समय अनुसार राती ११ बजे वितरण गरिने छ। उक्त अवार्ड विश्वका ६ जना महिलालाई प्रदान गरिने छ। अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बलिबाओ लोबाटोन पेरु, रानी यान बंगलादेश, सादिया मोस्बाह ट्युनिसिया, भिक्टोरिना लुका मोल्डोभा रहेकी छन्। अधिकारकर्मी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रि दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन्।

Read More

धनगढी: गत सोमवार देखीको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको पाँच जिल्लाका जनजीवन प्रभावित वनको छ । प्रदेशका ९ जिल्लामध्ये हाल सम्म ५ जिल्लामा बाढी–पहिरोका घटना बढी भइरहेका छन् । कैलाली–कञ्चनपुरका केही स्थानमा बाढी र बाजुरा,बझाङ र डडेल्धुराका केही स्थानमा पहिरो गएको सुदूरपश्चिम प्रदेशको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार श्रावण २२ यता मात्रै पहिरोबाट बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ को एक परिवार बाजुराको खप्तडछेडेदह गाउँपालिका २ का १ परिवार विस्थापित भएका छन भने डडेल्धुराको पशुराम गाउँपालिका ५को १ परिवार प्रभावित भएका छन् । हाल सम्म सबै भन्दा बढी क्षति भने बाढीबाट भएको छ ।…

Read More

धनगढी: नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पहिरो पीडितलाई सहयोग गरेका छन्। आज (बुधबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका हुन्। अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए। उनका अनुसार खाद्यान्न अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो। धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह-सचिव आयुश ओली, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति…

Read More

धनगढी: नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिना पुगेको छ । डिआइजी बोहराले यस ४ महिनाको अवधीमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ३ सय ६५ जना विरुद्ध मुद्दा चलाएका छन् । लागुऔषध सम्बन्धी २ सय १६ मुद्दा दर्ता भएकोमा सो संख्यामा मुद्दा चलाएका हुन् ।यही अवधिमा २ करोड ३४ लाख ३२ हजार ९८ बराबरको राजश्व छली बरामद गरी चोरी तस्करी नियन्त्रण सँगै १ सय २५ जना फरार प्रतिवादी पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डिआइजी बोहराले गुण्डागर्दी, चोरी तस्करी र लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेका छन् । जनताको जिउधन सुरक्षा र…

Read More