Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलाली, कञ्चनपुरका राना थारु समुदायले आज तिज पर्व मनाइरहेका छन् । आज महिलाहरू दिनभरी पानीसमेत नखाएर निराहार व्रत बसेर तिज मनाउने राना थारु समुदायका बुद्धिजीवी डा.जीवन रानाले बताइन् । राना थारु समुदायले अरू भन्दा फरक तरिकाले तिज मनाउने गर्दछन् । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । बेलुकातिर नदीमा गएर पूजा गर्ने र त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसैगरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्।…

Read More

मध्यविन्दु: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए । “शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उनले भने, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।” तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला…

Read More

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा   असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि छोटो धावन मार्ग भएका दुर्गमका विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा सिएए ‘कार (२)’ मा भएका ‘भिएमसी’ (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को…

Read More

काठमाडौँ: आज काठमाडौँका ८ स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौँ ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने जनाएको हो । टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर,  ज्ञानोदय, गाई(बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। यस्तै, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ, सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, पैरानो नैकाप, सिर्जना चोक, गर्जुधारा, इन्द्रचोक, हिलभिजन कोलनी, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि…

Read More

धनगढी: भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए। उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो। पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ। उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ। उक्त खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न…

Read More

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २४ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार सदस्य बेलबहादुर राना मगर रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूए-ले विगत ३३ वर्षदेखि ‘थ्री डी’ अर्थात् जातीय विभेदमा पारिएका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडी परिएका समुदायहरू, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, प्राकृतिक विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताए। उनले सभ्य समाज…

Read More

मलेखु: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान…

Read More

डडेल्धुरा: डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका-८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने राम दत्त भट्ट बेहोस अवस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

काठमाडौं: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘फोक्सट्रोट चार्ली’ नामक अपरेसनका क्रममा थप सात जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौंकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन्। एमबिबिएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले उनीहरूलाई पक्राउ गरिएकाे सिआइबीले…

Read More

अछाम: नेटवर्किङको काम भन्दै ठगी गरेको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रबिन चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई मंगलसेनबाट पक्राउ गरिएको हो। राहुलले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको प्रहरीको आरोप छ। अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर उठाइएको पैसा ठगी गरेको भन्दै तीमध्येका १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। यसअघि नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय प्रिती ऐरीलाई प्रहरीले पक्राउ गरेको थियो। ठगीमा संलग्न रहेको आरोप लागेका बैतडीको…

Read More