Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। आज (शुक्रवार) बेलुका क्याम्पस क्षेत्रमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब ८ बजेतिर क्याम्पसको बी-फ्लोरको सिढीमुनि रहेको बिजुलीको तार एक्कसी सट भएर आगो लागेको हो। आगलागीबाट मेन स्वीच र मिटर जलेको कैलाली प्रहरीका इन्सपेक्टर लोकेन्द्र कार्कीले बताए। तर, अन्य क्षती भने नभएको प्रहरीको भनाई छ।

Read More

डोटी : सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् । नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

Read More

मुस्ताङ : स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ । सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए । उनका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा…

Read More

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा २०७९ पुस २४ गते कार्की नियुक्त भएका थिए । सर्वाेच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वाेच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । कार्की १७४ दिनमात्र सत्ताको बागडोर सम्हालेर बिदा भएका थिए ।…

Read More

काठमाडौं : गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । इलाका प्रशासन कार्यालय, कटारीमा कार्यरत उपसचिव चेतराज बरालालई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय, भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । यस्तै अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओका रुपमा खटाइएको छ।

Read More

धनगढी: गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। आज (शुक्रबार) गृहले सुदूरपश्चिमका डडेल्धुरा र बाजुरामा नयाँ सिडिओ पठाएको हो। गृह स्रोतका अनुसार अञ्जन न्यौपानेलाई डडेल्धुराको सिडिओमा सरुवा गरिएको हो। यस्तै भीमकान्त पौडेललाई बाजुरा पठाइएको छ। यसअघि बाजुरामा पुष्कर खड्का र डडेल्धुरामा विश्वराज न्यौपाने सिडिओ थिए।

Read More

धनगढी : कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरीलाई जबरजस्तीकरणी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Read More

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । टीकापुर नगरपालिका–१ को ज्योतीनगरमा सोही ठाँउ बस्ने ५६ वर्षीय चित्रबहादुर राजी शुक्रबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ । राजी मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

Read More

धनगढी: कञ्चनपुरमा क्रसरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुन्दरपुरमा सञ्चालित क्रसर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको हो। प्रहरीका अनुसार उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर बिहीबार साँझ भारतको उत्तर प्रदेश सहारानपुरका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको मृत्यु भएको हो। प्रहरीका अनुसार मेसिनबाट करेन्ट लाग्दा गम्भीर घाईते भएका फरमान महेन्द्रनगरस्थित एक अस्पतालमा उपचारका क्रममा बितेका हुन्। उक्त क्रसर भीमदत्तको एक भ्रष्टाचार काण्डमा प्रतिवादी हुनुपर्ने तर पहुँचका आधारमा चोख्याइएका तेजबहादुर चन्द र व्यवसायी नारद पाण्डेको रहेको खुलेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

Read More