Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: विद्युत् प्राधिकरणको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ हिजो(बुधबार) साँझ बिजुलीको तार टाउकोमा खसेर करेन्ट लग्दा स्थानीय ३६ वर्षीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका-५ सुकासालमा अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्। जथाभावी तार छाड्ने विद्युत प्राधिकरणलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।

Read More

धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ। थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए।

Read More

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए। शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

Read More

कैलाली: आज भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। गत सोमबार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको  थियो। धेरै प्रयासपछी सोमबार मात्रै एकतर्फी सडक खुलाइएको थियो।

Read More

कञ्चनपुर: हिजो(बुधबार) साँझबाट महाकाली नदीमा बनेको शारदा ब्यारेजमा चारपांग्रे साधनको आवतजावत खुलेको छ। नदीको जलस्तर घटेपछि चारपांग्रे सवारीसाधनलाई आवागमन गर्न खुला गरिएको हो। नदीमा बहाव बढेपछि सोमबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। उक्त दिन महाकालीको जलस्तर १ लाख ९६ हजार क्युसेक पुगेको थियो। बुधबार १ लाख क्युसेकभन्दा तल आएपछि पुलमा आवागमन खुला गरिएको हो।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी, मधेस र गण्डकी प्रदेशको…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। आठ वर्षअघि तराई-मधेस थरुहट आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गरेको थियो। उक्त घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन सरकारले बेला बेला गरेका प्रयासहरूबारे असन्तुष्टि फैसलाको पूर्णपाठमा देखिन्छ। फौजदारी कानुन उल्लङ्घन भएर निहत्था मानिसको ज्यान गएको घटनालाई राजनीतिकरण गरिन नहुने धारणा फैसलामा व्यक्त गरिएको छ। ‘फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा मुद्दा चलाउनै नमिल्ने भन्नु वा…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले नयाँ सरुवा, बढुवा र पदस्थापन सम्बन्धी मापदण्ड लागू गरेको छ । “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो । नयाँ मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ । पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र…

Read More

काठमाडौं : क्याप्टेन रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घन्टे स्पष्टीकरण सोधेको छ। अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशनरप्रसारण गरेको प्राधिकरणको आरोप छ। थापाले सरकारको प्रचलित कानुन तथा नेपाल नागरिक प्राधिकरण ऐन हुबहु परिपालना गर्ने प्रतिबद्धता जनाइ सिम्रिक एयर प्रालिको अध्यक्षको हैसियतमा रहेको प्राधिकरणले स्मरण गराएको छ। थापाले अन्नपूर्ण मिडिया नेटवर्कमार्फत प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (क) को महानिर्देशकले उडान सुरक्षाका दृष्टिले भौगलिक विकटताका आधारमा विमानस्थलमा वायुयान सञ्चालनका लागि विशेष शर्तहरू तोक्नसक्ने प्रावधानबमोजिम नेपाली आकाशमा बढोत्तरी हुदै गएको हवाई घटना/दुर्घटना…

Read More

दाङ : दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ। आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ। आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।

Read More