Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य ५०० रुपैँयाले घटेको छ । १ लाख २ हजार ३०० रुपैँयामा कायम भएको छ र चाँदीको मूल्य तोलाको १० रुपैँयाले घटेर १४ सय १५ रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम हुन पुगेको छ ।

Read More

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यि चैतको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएको छ । उनको भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्ने भएका हुन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिएकी छिन् । भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले जानकारी दिए । पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो । सम्भवतः केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने…

Read More

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले मङ्गलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने बताइएको छ । मङ्गलबार नै नेपाल–युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा नेपालका तर्फबाट उहाँले सम्बोधन गर्नुहुनेछ । संयुक्त समिति बैठकमा नेपाली…

Read More

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर,…

Read More

अमेरिका – अमेरिकालेरुसले चीनसँग मद्दत मागेको अमेरिकी अधिकारीहरूले बताएका छन् अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग…

Read More

धनगढी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा गीतबारे बोलेका हुन्। ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ’, प्रचण्डले भने, ‘अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन।’ शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए। तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क,पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए। जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो…

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ। मुल्यउन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडीको आवरण भन्ने मूल नारा सहित आइतबार लालझाडी खेलमैदान कञ्जमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको थियो। लालझाडी गाउँपालिकाको आयोजना तथा श्री रामेश्वर मावि चान्देवको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरूमा प्रतिस्पर्धा गराइएको रामेश्वर माविका प्रधानाध्यापक राम प्रसाद जोशीले जानकारी दिए। तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शारदा राष्ट्रिय मावि प्रथम भएको छ। त्यस्तै, सरस्वती मावि द्वितीय र रामेश्वर मावि तृतीय भएको भएका छन्। लालझाडी गाउँपालिका भित्र सञ्चालित मावि तहका विद्यालयहरू मध्ये ६ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहेको थियो।

Read More

कैलाली-डडेल्धुराबाट धनगढीका लागि छुटेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १४ जना घाइते भएका छन्। हाइस चालक अमरगढी नगरपालिका २ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका ८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका १० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएका प्रहरीले जनाएको छ। कैलालीको चुरे गाउँपालिका १ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का…

Read More

कैलाली-नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश पुगेका छन्। प्रचण्ड सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन्। आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदेश तथा स्थानीय स्तरमा सक्रियता बढाएका छन्। उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

Read More